काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ
कम्पनीले ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले आकर्षक योजना ल्याएको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले ५ वटा विशेष सुविधा प्राप्त गर्नेछन् ।
जसमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ, १ लाखसम्म क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर दशैैंदेखि छठसम्म लागू हुनेछ । ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन नयाँ अफर ल्याएको बताए ।
‘नेपालमा चाडपर्वहरू नयाँ सुरुवात र पारिवारिक खुसीका अवसर हुन् । ‘चेतक फेस्टिभ फाइभ’ मार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन चाहन्छौं । शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।
‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ ।
बजाज चेतक इलेक्ट्रिक दुईपाँग्रे सेग्मेन्टको एक अग्रणी ब्राण्ड हो । जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन, शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ । क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित छ ।

