काठमाडौं । बजाज डोमिनार ४०० को २०२४ मोडल नेपालमा बिक्री सुरु भएको छ । कम्पनीले बजाजको सबैभन्दा पावरफुल मोटरसाइकल डोमिनार ४०० को अपग्रेड मोडल बिक्री सुरु गरेको हो ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले पुरानै मूल्यमा २०२४ मोडल डोमिनार ४०० को बिक्री सुरु गरेको हो । यसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार २०२४ मोडल डोमिनारमा कुनै पनि परिर्वतन गरिएको छैन । बजाज डोमिनार ४०० नेपालमा बिक्री हुने बजाजको सबैभन्दा प्रिमियम मोटरसाइकल हो ।
बजाज डोमिनर ४०० मा ३७३ सीसी सिंगल सिलिन्डर, ४ भल्भ, लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ४० पीएस पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ ।
डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर प्रतिघन्टा रहेको छ । यसको फ्रन्टमा ४३ यूएसडी फर्क र रियरमा मोनोशक रहेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
टुरिङ सेटअपमा आउने डोमिनार ४०० मा टप बक्स र्याक, स्याडल स्टे, ठूलो विन्डसिल्ड, डबल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ ।

