बजाज पल्सर २५० को डेलिभरी सुरु, चाँडै नेपाल आउने

बजाज पल्सर २५० ट्वीनको भारतमा डेलिभरी सुरु भएको छ । कम्पनीले केही सयम अगाडी बजाज पल्सर एन २५० र एफ २५० सार्वजनिक गरेको थियो ।

पल्सर सिरिज कै पावरफुल मोटरसाइकल एन २५० नेकेड स्पोर्टस् मोडल हो भने एफ २५० सेमी फियर्ड मोडल रहेको छ ।

बजाज मोटरसाइकलको पल्सर सिरिजमा दुई नयाँ मोडल थप भएसँगै पल्सर रेञ्ज बढ्दै गएको छ । पल्सर २५० सिरिजमा दुई मोटरसाइकल एकै पटक बजारमा ल्याएको कम्पनीले यी दुई मोडलमा धेरै कुरा समान दिएको छ ।

एउटै इन्जिन र बढी स्टाइल रहेका यी दुई मोटरसाइकलमा उस्तै एग्जस्ट, इन्ट्रुमेन्ट कन्सोल, सिट र रियर साइड उस्तै छ । कम्पनीले यसको हेडलाइट पनि उस्तै दिएको भएपनि डे टाइम रनिङ लाइटको प्लेसमेन्टमा भने भिन्नता पाउन सकिन्छ ।

दुबै मोटरसाइकलमा समान टायर साइज, ब्रेकिङ सिस्टम र एबीएस उपलब्ध रहेको भएपनि राइडिङ पोजिन, ह्याण्डलबार र फ्रन्ट डिजाइन भने फरक रहेको छ ।

सिल्क हेडल्याम्प क्लष्टर, एलइडी डेटाइम रनिङ लाइट, एलइडी प्रोजेक्टर हेडल्याम्प, सार्प लुकिङ बडी प्यानल, सेमी डिजिटल क्लष्टर जस्ता फिचरले नयाँ पल्सर २५० सिरिजलाई उत्कृष्ट बनाएको छ ।

भारतीय बजारमा अक्टोबर २८ मा सार्वजनिक भएको मोटरसाइकल नाडा अटो शो २०२२ मा आउने भएको छ । कम्पनी स्रोतका अनुसार नाडा अटो शोमा नेपाली बजारमा ल्याउने तयारी गरेको हो । पछिल्लो समय नेपाली बजारमा २५० सीसी सेग्मेन्टका मोटरसाइकल युवा वर्गको रोजाइमा पर्न थालेको छ । २५० सीसी सेग्मेन्टको बजारलाई मध्य नजर गर्दै कम्पनीले चाँडै नेपाली बजारमा यी दुई मोटरसाइकल ल्याउने छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता गोल्छा ग्रुप अन्र्तगतको हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ ।


Back_to_top