ट्राइम्फको बजेट मोटरसाइकलमा रहेका ४ विशेषता

काठमाडौं । ब्रिटिश मोटरसाइकल निर्माता कम्पनी ट्राइम्फ र भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज बीचको सहकार्यमा उत्पादन भएको पहिलो मोटरसाइकलको आधिकारीक तस्बिर बाहिर आएको छ ।

बजाजले भारतमा निर्माण गरेको ‘ट्राइम्फ ४०० ट्वीन’ ट्राइम्फ ब्राण्ड कै सबैभन्दा सस्तो मोटरसाइकल हो । कम्पनीले यसलाई ट्राइम्फ स्पीड ४०० र स्क्रयाम्वलर ४०० एक्स नामको दुई मोडल जुलाईबाट भारतमा बिक्री सुरु गर्नेछ ।

कम्पनीले मोटरसाइकलको तस्बिरसँगै यसमा रहेका फिचरहरुको बारेका समेत जानकारी सार्वजनिक गरेको छ । तर, यसको मूल्य कति हुने भन्ने विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

यस्तोमा बजाजले भारतमा उत्पादन गरेको ब्रिटीस ब्राण्ड ट्राइम्फका दुई उत्पादनका ४ तथ्यका विषयमा यहाँ चर्चा गरिएको छ ।

इन्जिन/फ्रेम

ट्राइम्फ स्पीड ४०० र ४०० एक्स दुबैमा टीआर सिरिज, लिक्वीड कुल्ड, सिंगल सिलिन्डर, ३९८ सीसी क्षमताको इन्जिनमा आउने छ । उक्त इन्जिनले ४० हर्सपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा कम्पनीले टर्क एसिस्ट क्लचका साथ ६ स्पीडको गियरबक्स दिएको छ । ट्यूवलर स्टील फ्रेमको प्रयोग भएको छ ।

सस्पेन्सन/ह्वील

कम्पनीले यी दुबै मोटरसाइकलमा ४३ एमएम ‘अप साइड डाउन’ (यूएसडी) फर्क दिएको छ । स्क्रयालर डिजाइनको सस्पेन्सन १५० एमएम ट्राभल क्षमताको छ । यसमा १४० एमएम ट्राभल रहेको छ । त्यस्तै, स्क्रयाम्वलर मोडलमा फ्रन्ट डिस्क ३२० एमएमको छ । स्पीड मोडलमा भने ३०० एमएमको डिस्क पाउन सकिन्छ ।

ट्राइम्फ स्पीड ४०० मा १७ इन्चको अलोय ह्वीलका साथ ‘मेटजेलर एम–९ आरआर’ टायर रहने छ । केही रिपोर्टले ‘पिरेली रोसो ३’ टायर प्रयोग भएको दावी पनि गरेका छन् ।

केहि समय अगाडि परिक्षणको क्रममा देखिदा भने एमआरएफको टायर प्रयोग भएको थियो । स्क्रयाम्वलर ४०० मा कम्पनीले डवल पर्पस मेटजेलर टायर प्रयोग गर्नेछ । यसको फ्रन्टमा १९ र १७ इन्चको ह्वील रहेको छ ।

फिचर

ट्राइम्फ ट्वीनमा एलइडी लाइटस्, राइड वाइ वायर, स्वीच एवल ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल एबीएस, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

यसको ड्यासवोडमा ठुलो अनलाग स्पीडोमिटरका साथ सानो एलसीडी स्क्रीन जडान गरिएको छ । यसमा भर्टिकल डिजिटल टेकोमिटर, गियर पोजिशन इन्डिकेटर, ट्रीप डाटा, फ्यूल गज जस्ता फिचर समावेश गरिएको छ । स्क्रयाम्वलरमा स्वीचएवल डबल च्यानल एबीएस रहेको छ ।

फिनिसिङ

ट्राइम्फले कम मूल्यमा प्रिमियम मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गरेर ल्याएको यो इन्ट्री लेभल हो । ट्राइम्फ प्रिमियम मोटरसाइकल बनाउने ब्राण्डका रुपमा परिचित रहेको छ ।


Back_to_top