काठमाडौं । बेलायतको ‘एड्भटाइजिङ वाचडग’ले हुन्डाई र टोयोटाको बिज्ञापन क्याम्पेनमा रोक लगाएको छ । यी दुबै कम्पनीले आफ्ना इलेक्ट्रीक भेहिकलको विज्ञापन गर्दा बेलायत र आयरल्याण्डमा रहेको ‘र्यापीड चार्जिङ पोइन्ट’को बारेमा उपभोकतालाई गलत सूचना दिएको वाचडगले आरोपमा लगाएको हो ।
टोयोटाले एक विज्ञापनमा आफ्नो बीजेडफोरएक्स मोडल १५० किलोवाट फास्ट चर्जिङ सिस्टमले मात्र ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने जनाएको थियो । साथै, टोयोटाले ग्राहकको नजिकै पब्लिक लोकेशनमा यो सेवा उपलब्ध भनेको थियो ।
हुन्डाईले पनि यस्तै खाले क्याम्पेन आफ्नो वेवसाइट, डिजिटल विलबोर्ड तथा यूटुब च्यानलमा ३५० किलोवाटको चार्जरले मात्र १८ मिनेटमा १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिने जनाएको थियो ।
बेलायतको एड्भटाइजीङ स्ट्याडर्ड अथोरिटीमा विज्ञापनमा यी दुई कम्पनीले क्लेम गरे अनुसारको चार्जिङ समयमा ईभी चार्ज नभएको र आवश्यक स्थानमा पर्याप्त चार्जिङ नेटवर्क समेत नभएको उजुरी परेको थियो ।
टोयोेटाको बेलायत र स्कर्टल्याण्डमा जम्मा ९ वटा १५० किलोवाटको चार्जर रहेको छ । बेलायतभर हुन्डाईले ३५० किलोवाटको जम्मा ३७ वटा मात्रै अल्ट्रा फास्ट चार्जिङ नेटवर्क निर्माण गरेको छ ।

