आयो बीवाइडी ‘डी-वान’ एमपीभी, यस्तो छ मूल्य

काठमाडौं । चीनको न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले नयाँ एमपीभी सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा जुन १३ तारिखमा डी-वान मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले यसको मूल्य २४ हजार डलर तोकेर बिक्री सुरु गरेको हो । बीवाइडीले सन् २०२२ बाट यो मोडल त्यतिबेला राइड ह्याण्डललिङ कम्पनीलाई मात्रै बिक्री गर्दै आएको थियो । डी-वान अब भने ब्यक्तिगत प्रयोजनको लागि पनि उपलब्ध गराउने भएको हो ।

भाडामा संचालन हुने डी-वान र ब्यक्तिगत प्रयोजनमा ल्याइएको डी-वानमा विल्कुलै फरक इन्टेरियर र एक्सटेरियर पाउन सक्निछ । स्लीक र सामान्य लाग्ने बडी लाइन, क्लोज ग्रिल, म्याट्रीक्स स्टाइल एलइडी हेडल्याम्प, इलेक्ट्रीक स्लाइडीङ रोड, बाहिरबाट नदेखिने डोर ह्याण्डल ब्यक्तिगत प्रयोगमा ल्याइएको डी-वानमा पाउन सकिन्छ ।

नयाँ एमपीभीको लम्बाई ४३९० एमएम, चौडाई १८५० एमएम र उचाई १६५० एमएम रहेको छ । यसमा २८०० एमएमको लामो ह्वीलवेस पाउन सकिन्छ ।

फराकिलो क्याविन, सफा ड्यासबोर्ड, लग्जरी सीट, ड्राइभिङ रेकर्डर, इन कार क्यामेरा जस्ता फिचर उपलब्ध एमपीभीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।

बीवाइडी डी-वान एमपीभीको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा कम्पनीले ५३.६ किलोवाट आवरको आफ्नो चर्चित ब्लेड ब्याट्री दिएको छ । यसले सिंगल चार्जमा ४१८ किलोमिटर रेन्ज दिने एनइडीसीको परिक्षणले देखाएको छ ।


Back_to_top