किया सेल्टोसमा भएका ५ परिवर्तन

काठमाडौं । कियाले सन् २०१९ मा ल्याएको सेल्टोस सफल मोडल मानिन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको सेल्टोसले विगत ४ वर्षमा ५ लाख यूनिट बिक्री संख्या पुरा गरिसकेको छ ।

नेपालमा पनि सन् २०२०को सुरुवातदेखि नै उपलब्ध सेल्टोस राम्रो संख्यामा बिक्री भएको मोडलमा पर्छ । हुन्डाई क्रेटाको प्लेटफर्ममा बनेको किया सेल्टोस अब भने अपग्रेड भएर आउन लागेको हो ।

आगामी साताबाट भारतमा बिक्री सुरु हुने सेल्टोस नाडा अटो शो २०२३ मा नेपाल आउन सक्ने मोडल हो । अहिले बिक्री भइरहेको सेल्टोस र आउँदै गरेको नयाँ सेल्टोसमा कति फरक रहन्छ भन्ने कुरा धेरैको चासोमा हुन सक्छ । त्यसैले हामीले यसमा हुने मुख्य ५ परिवर्तनलाई यहाँ उल्लेख गरेका छौं ।

नयाँ १.५ लिटर टीजीडीआई इन्जिन : हुन्डाई मोटर ग्रुपले १.४ लिटर टीजीडीआई इन्जिन बन्द गरेर बीएस सिक्स फेज २ अनुसारको १.५ लिटर टर्बो इन्जिन दिएको हो । उक्त इन्जिनले अधिकतम १५८ बीएच पावर र २५३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड आइएमटी र ७ स्पीड डिसीटी गियरबक्स उपलब्ध हुनेछ ।

लेभल टु एडास टेक : भारतमा उत्पादन भएका अन्य एसयूभीमा सुरक्षा फिचर थप भएसँगै कियाले पनि सेल्टोसमा लेभल टु एडास फिचर दिने रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले यसमा एडप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, ब्लाइड स्पर्ट मोनिटरीङ सिस्टम जस्ता फिचर दिएको छ ।

पानारोमिक शनरुफ : कियाले फेसलिफ्ट सेल्टोसमा पानारोमिक शनरुफ दिने छ । निकै फिचरले भरिपूर्ण एसयूभीमा थपिएको पानारोमिक शनरुफले यसलाई प्रिमियम फिल दिएको छ ।

नयाँ १०.२५ इन्चका दुई डिस्प्ले : इन्टेरियर परिवर्तनमा धेरै चासो नदिएको कियाले यसमा रहेको इन्फोटेन्टमेन्ट सिस्टम र इन्फर्मेशन डिस्प्ले भने परिवर्तन गरेको छ ।

सबै भेरियन्टमा ६ एयरब्याग : किया सेल्टोसको सबै भेरियन्टमा ६ एयरब्याग अनिर्वाय भएको छ । अक्टोबर १, २०२३ पछि आउने सबै मोडलमा अनिर्वाय एयरव्याग हुनु पर्ने भारत सरकारको नीति अनुसार सेल्टोसको सबै भेरियन्टमा एयरव्याग दिइएको हो ।


Back_to_top