स्क्रामलर बाइक पारखीको रोजाई पर्न सक्छ ‘लियन्सीनो-२५०’, यस्तो छ मूल्य

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली लियोन्सीनो २५० स्क्रामलर नाडा आटो शो २०१८ मा प्रदर्शन गरेको थियो । त्यसको एक वर्षपछि २०१९ नाडा अटो शोबाट यो मोटरसाइकलको बिक्री सुरु भएको हो ।

नेपालमा प्रिमियम मोटरसाइकल बढ्दै गएको छ । यो बेनेली स्क्रामलर मोटरसाइकलले नेपाली यूवाको मन जित्दै गएको कम्पनीले दाबी गरेको छ । मध्यम मूल्य रहेको यो मोटरसाइकलले नेपाली स्क्रामलर मोटरसाइकल मन पराउनेको रोजाइमा स्थान बनाउन सुरु गरेको छ ।

लियन्सीनो २५० मोटरसाइकलको मूल्य ६ लाख ३० हजार रुपैयाँमा तोकिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केही समयका लागि १६ हजार नगद छुट दिने जनाएको छ ।

लामो यात्रा गर्न तथा रेगुलर राइडिङका लागि समेत यो मोटरसाइकल उपयोगी हुन्छ । यसको सिटिङ पोजिशन र ह्यान्डलबारको कम्बीनेसनले यो मोटरसाइकललाई उत्कृष्ट बनाएको छ ।

स्क्रामलर डिजाइनको यो मोटरसाइकलमा फोर स्ट्रोक २४९ सीसी डिओएचसी सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले, ९२५० आरपीएममा २५.८ बीएच पावरका साथै ८ हजार आरपीएममा २१.२ एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

डबल च्यानल एबीएस सहित फ्रन्टमा २८० एमएम सिंगल डिस्क ब्रेक र रियरमा २४० एमएम सिंगल डिस्क ब्रेक लगाइएको छ । फ्रन्ट र रियरमा समान १७ इन्चको आल्मुनियम अलोय ह्वील दिइएको छ ।

यसको लम्बाई २०८० एमएम, चौडाई ८३० एमएम, उचाइ ११०० एमएम रहेको छ । १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस मोटरसाइकलको ह्वीलवेश १४०० एमएम रहेको छ ।

बाइकको तौल १५३ किलोग्राम रहेको छ । प्रतिलिटर २५ किलोमिटर माइलेज रहेको यस मोटरसाइकलमा स्पीडोमिटर, टेकोमिटर, एबीएस लाइट, एबीएस, फ्युल गज, ट्रिप मिटर, इलेक्ट्रीक स्टार्ट, डबल प्रोजेक्टर हेडलाइट, एलइडी टेललाइट लगायतका विशेषता दिइएको छ ।
त्यस्तै कम्पनीले स्क्रामलर डिजाइनमा लियन्सीनो ५००, लियन्सीनो ट्रेल समेत बिक्री गर्दै आएको छ ।

लियन्सीनो २५० मोटरसाइकलको मूल्य ६ लाख ३० हजार रुपैयाँमा तोकिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केही समयका लागि १६ हजार नगद छुट दिने जनाएको छ ।


Back_to_top