पेट्रोल इन्जिनयुक्त ब्रेजामा यस्तो हुने छ गियरबक्स

काठमाडौं । मारुती सुजुकीको चर्चित कम्प्याक्ट एसयूभी ब्रेजामा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक गियरबक्स दिइने कम्पनीले जानकारी दिएको छ ।

सर्वाधिक बिक्री हुने सब फोर मिटर एसयूभी ब्रेजा सन् २०१६ देखि उत्पादन भइरहेको छ भने यो भारतमा आफ्ना प्रतिस्पर्धी मोडल हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन, महिन्द्र एक्सयूभी ३०० लाई यसले प्रतिस्पर्धामा निकै पछाडि छोड्दै आएको छ ।

यसअघि १.३ लिटर डिजेल इन्जिनमा उपलब्ध हुँदै आएको ब्रेजाको नयाँ फेसलिफ्ट मोडलमा भने के१५बी १.५ लिटर पेट्रोल इन्जिन उपलब्ध हुनेछ । कम्पनीले यसमा माइल्ड हाइब्रिड टेक्नोलोजी प्रदान गर्ने भएको हो ।

भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिन उपलब्ध हुने भिटारा ब्रेजामा रहेको माइल्ड हाइब्रिड इन्जिनले १०४.७ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ ।

कम्पनीले प्रयोग गरेको माइल्ड हाइब्रिड टेक्नोलोजीले गाडीको माइलेज बढाउने छ भने रेगुलर मोडलको तुलनामा नयाँ फेसलिफ्ट मोडलमा थुप्रै कस्मेटिक परिमार्जन गरिएको अनुमान गरिएको छ ।


Back_to_top