डिस्क ब्रेक र ड्रम ब्रेक भएका मोटरसाइकलमा कुनको खर्च कति ?

काठमाडौं । आजकल लगभग सबै प्रिमियम मोटरसाइकल डबल डिस्क ब्रेक र कम्यूटर सेग्मेन्टका मोटरसाइकल डिस्क र ड्रम ब्रेकको संयोजनमा आउँछन् । यद्यपि, केही सस्ता मोटरसाइकलहरूमा भने केवल ड्रम ब्रेकमात्र दिइएको हुन्छ । यस्तोमा डिस्क र ड्रम ब्रेकमध्ये कुन ब्रेक उचित हुन्छ भन्ने कन्फियुजन हुन सक्छ ।

आर्थिकरुपले यसका आ-आफ्नै फाइदा र बेफाइदा रहेका हुनछन् । यस विषयमा तपाईंलाई जानकारी दिने हाम्रो उद्देश्य हो ।

रोक्ने पावर

डिस्क ब्रेकले ड्रम ब्रेकको तुलनामा प्रभावकारीढंगले काम गर्छ । सिंगल डिस्क ब्रेक रहेको मोटरसाइकलमा पनि थप एक डिस्क ब्रेक लगाउन सकिन्छ, जुन यसको अर्को फाइदा हो । रोक्ने शक्ति पनि डिस्क ब्रेकमा उच्च रहेको हुन्छ ।

टेम्परेचर

डिस्क ब्रेक ह्वीलको बाहिर फिट गरिएको हुन्छ र ताजा हावा प्राप्त गरी यो छिट्टै कुल (चिसो) हुने गर्छ । अर्कोतर्फ, ड्रम ब्रेक भने ह्वीलभित्र राखिएको हुन्छ, जुन अधिक तातो हुने गर्छ । त्यसैले ड्रम ब्रेक गर्मीमा खासै प्रभावकारी हुँदैन ।

मजबुत

मजबुतिको मामलामा ड्रम ब्रेकभन्दा डिस्क ब्रेक बलियो छ, किनभने यसमा मजबुत कोटिङ्ग गरिएको हुन्छ । यो कोटिङ्गले टुट्ने खतरा कम हुन्छ । तर, ड्रम ब्रेक भने पूर्णरूपमा खुला हुन्छन् । यसकारण, यसको टुट्ने सम्भावना पनि बढी भएको पाइन्छ ।

सहजै सरसफाई

डिस्क ब्रेकको सरसफाई गर्न सजिलो हुन्छ, किनकी यो ह्वीलको बाहिर लगाइएको हुन्छ । तर, ड्रम ब्रेक ह्वीलको भित्र जडान भएको हुनाले यसको सफाई गर्न परे पनि पूरै ह्वील नै खोल्नुपर्ने हुन्छ ।

सस्तो स्पेयर पार्ट

यदि डिस्क ब्रेकको कुनै भाग खराब भयो भने यसलाई सहजै बदल्न सकिन्छ । र यसको स्पेयर पार्ट पनि सस्तो हुन्छ । जबकि ड्रम ब्रेकको स्पेयर पार्टस् भने डिस्क ब्रेकको तुलनामा निकै महंगो पर्छ । किनभने यसले ह्वीलको भित्र–भित्रै नोक्सान पु¥याउन सक्ने धेरै सम्भावना हुन्छ, जसले गर्दा यसको खर्च बढी पर्न आउँछ ।

पानीको प्रभाव

वर्षामा बाइकको ह्वील पूर्णतया गिलो हुन्छ । यस अवस्थामा ड्रम ब्रेकले ब्रेक शू र लाइनिङबीच राम्ररी पकड्न (समात्न) सक्दैन र ब्रेकको पनि खासै प्रभाव पर्दैन । तर, डिस्क ब्रेकको प्रयोग गर्नेबित्तिकै यसले मेटरसाइकल रोक्न प्रभावकारी काम गर्छ ।

एबीएस सपोर्ट

ड्रम ब्रेकमा एबीएसलाई फिट गर्न सकिँदैन । डिस्क ब्रेकमा एबीएस लागू गर्दा मोटरसाइकल अझै सुरक्षित हुन्छ ।

डिस्क ब्रेकको हानी

आकस्मिक डिस्क ब्रेक लगाउँदा, ह्वील तेजसँग चिप्लन सक्छ । यद्यपि, यदि ह्वीलमा डिस्कको साथ एबीएस फिट गरिएको छ भने यसको खतरा कम हुन्छ ।

महंगो मूल्य

ड्रम ब्रेक भएको मोटरसाइकलको तुलनामा डिस्क ब्रेक भएको मोटरसाइकल महंगो हुन्छ र यदि तपाईं डिस्क ब्रेकलाई अलगै लगाउन चाहानुहुन्छ भने यो अझै पनि ड्रम ब्रेकभन्दा महंगो पर्छ ।


Back_to_top