नक्सालमा अभिमन्यूले जन्माएको ‘बाइकर्स क्याफे’

काठमाडौं । बाइकका पारखीहरुको लागि खोलिएको ‘बाइकर्स क्याफे’ अभिमन्यू गोल्छाको परिकल्पना हो । जहाँ बाइकसँगै हिमालयन जावाको फुड र ड्रिंकले युवाहरुलाई बाँधने काम गर्छ ।

गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलाशचन्द एण्ड कम्पनीका युवा निर्देशक अभिमन्यु गोल्छाको परिकल्पनामा बजाज र केटीएमका मोटरसाइकलसँगै कफीको स्वाद लिन सकिने बाइकर्स क्याफे संचालनमा आएको हो ।

अभिमन्यु गोल्छाले पछिल्ला केही वर्षयता बजाज तथा केटीएम मोटरसाइकल हेर्दै आएका छन् । उनले युवा पुस्ताको मोटरसाइकल तथा कफी मोहलाई एकै स्थानमा पुरा गर्न बजाज, केटीएमका प्रिमियम मोटरसाइकल र कफीको स्वाए एकै ठाउँमा पस्किने हेतुले बाइकर्स क्याफे संचालनमा ल्याएको बताए ।

बाइकर्स क्याफेलाई प्रिमियम मोटरसाइकल तथा सेफ्टी गियर्स बिक्री केन्द्रका रुपमा विकास गर्ने उद्देश्य रहेको उनले बताए ।

‘अहिले बाजजको एनएस २०० र डोमिनारका साथै केटीएमका मोटरसाइकल डिस्प्ले गरेका छौं, निकट भविष्यमा नै यहाँ चेतक तथा ट्राइम्फका मोटरसाइकल समेत डिस्प्ले गरिने छ,’ गोल्छाले भने ।

बाइकर्स क्याफेलाई प्रिमियम मोटरसाइकल हवको रुपमा विकास गर्ने योजना लिएको उनी बताउँछन् ।

उनका अनुसार बाइकर्स क्याफेमा बाइकर्सहरुले बसेर आफ्नो योजना बनाउन सक्नेछन् । साथै, राइड पुरागरेपछि पश्चात आफ्ना तस्बिरहरु बाइकर्स क्याफेमा डिस्प्ले गर्न सक्नेछन् ।

बाइकर्स क्याफे बजाज तथा केटीएमका ग्राहकहरुका लागि मात्र नभएर सम्पुर्ण बाइकका पारखीहरुका लागि निर्माण गरिएको कम्पनीले भनाइ छ । यो क्याफेले राइडिङ कम्युनिटीको मान्छेलाई लाइफ स्टाइलको अनुभव दिने विश्वास आफूले लिएको गोल्छा बताउँछन् ।

क्याफे निर्माणको लागि लगभग २ करोड रुपैयाँ लगानी लागेको गोल्छाले जानकारी दिए । अहिले क्याफेमा २० जना कर्मचारीलाई रोजगारी प्रदान गरिएको छ ।

कुनैपनि कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कुटर सार्वजनिक तथा अन्य कुनैपनि कार्यक्रम बाइकर्स क्याफेमा गर्न सक्ने उनले बताए । बाइकर्स क्याफेमा नेपालमा नै उत्पादन भएको कभच ब्रान्डको राइडिङ गियर्स समेत डिस्प्ले गरिएको छ ।


Back_to_top