धेरै योगदान रहेको सिप्रदीलाई सामाजिक सुरक्षा कोषको सम्मान

काठमाडौं । छैठौं सामाजिक सुरक्षा दिवशको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले योगदानकर्ताहरुको संख्याको आधारमा उत्कृष्ट बन्दै सम्मानित भएको छ ।

अटोमोवाइल र त्यससँग सम्बन्धीत ब्यवासायको थोक तथा खुद्रा बिक्रेता ब्यवसायमा रहेको सिप्रदीले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै योगदानकर्ता जोड्न सफल भएको थियो । त्यसलाई आधार बनाएर सरकारले सम्मान गरेको हो ।

सामाजिक सुरक्षा कोषले आयोजना गरेको विशेष कार्यक्रममा उक्त सम्मान पत्र प्रधानमन्त्री पुष्पकमल दाहालले सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठलाई हस्तान्त्रण गरेका थिए ।

प्यासेन्जर र कमर्शियल दुबै सेग्मेन्टमा पहिलो स्थानमा रहेको टाटाले ल्यूव, स्पेयरपार्टस् र अटो सर्भिसको क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । विगतदेखि नै सिप्रदी धेरै कर तिर्ने कम्पनीको रुपमा पनि सम्मानित हुँदै आएको छ ।


Back_to_top