नाडाको साधारण सभा पुस २० र २१ गते, नयाँ कार्यसमित चयन हुने

फाइल तस्बिर

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको ४७ औं साधारण सभा आगामी पुस २० र २१ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

एशोसिएशनको साधारण सभाले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । देशभर करिब ३ हजार ३०० भन्दा बढी सदस्य रहेको नाडाको आगामी निर्वाचनमा कसकसले अध्यक्षमा उमेदवारी दिन्छन् भन्ने एकिन भएको छैन ।

आगामी नेतृत्वको लागि बर्तमान उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा पूर्व उपाध्यक्षहरु आकाश गोल्छा र करण चौधरीको नाम चर्चामा रहेको छ । निर्वाचनको मिति आज मात्रै घोषणा भएको कारण अबको एक दुई दिनमा नै अध्यक्षको उमेदवारको टुङ्गो लाग्ने अनुमान गर्न सकिन्छ ।

नाडाको निर्वाचनले एक अध्यक्ष, १७ जना कार्यसमिति सदस्य, ७ जना प्रदेश अध्यक्षलाई पदेन सदस्यको रुपमा विजयी घोषणा गर्नेछ ।


Back_to_top