काठमाडौं । विलिङ विङ्गो कारमा अफर सार्वजनिक भएको छ । नाडा अटो शो चलिरहेको समय र आगामी चाडपर्वको अवसर पारेर कम्पनीले विङ्गो ह्याचव्याक कारमा स्कीम सार्वजनिक गरेको हो ।
विलिङको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले सार्वजनिक गरेको स्कीममा सिधै मूल्यमा छुट दिइएको छ । यसअघि ३२ लाख ९९ हजार मूल्य तोकेर त्यसमा एक लाख रुपैयाँ इन्टोडक्टरी प्राइस भन्दै छुट दिएको कम्पनीले अब चाडपर्व अफर भन्दै २९ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरेको हो ।
विङ्गो ईभीको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम, उचाई १५८० एमएम तथा ह्वीलवेस २५६० एमएम छ । आकर्षक एक्स सेपको एलइडी डीआरएल, १५ इन्चको ह्वील, डिउल टोन फ्लोटीङ रुफ र एक्स सेपकै एलइडी टेललाइट रहेको कारको चारै चक्कामा डिस ब्रेक पाउन सकिन्छ ।
कम्पनीले बिक्री गर्दै आएको विङ्गो इलेक्ट्रीकमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याक र ४९ किलोवाटको मोटर दिइएको छ । यसले ३३३ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।