स्काइवेलको कार अटो शोमा किन्दा ७५ लाख ९० हजार (भिडियोसहित)

काठमाडौं । स्काइवेलको आधिकारीक बिक्रेता जी मोटर्सले नाडामा थप दुई भेरियन्टको एसयूभी बुकिङ लिइरहेको छ । कम्पनीले बीई ११ नामबाट दुई भेरियन्ट अटो शोमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यसअघि ८६ किलोवाट आवरको ब्याट्रीमा ईटी-५ मोडल ल्याएर १ करोड १० लाख मूल्य तोकेर बिक्री गरेको कम्पनीले कम मूल्यमा बिक्री गर्नेगरी थप दुई ब्याट्री अप्सनमा त्यहि गाडीलाई बीई-११ नाम दिएर ल्याएको हो ।

जी मोटर्सले बीई-११ को इन्ट्री मोडलको रुपमा ५१ किलोवाटको ब्याट्रीमा ल्याएको छ । यसको मूल्य ७५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । त्यसैगरी कम्पनीले ७१ किलोवाट आवरको ब्याट्री साइजमा पनि बीई-११ ल्याएको छ । त्यसको मूल्य भने ८५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

यसअघिको इटी-५ मै भएको १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दुबै भेरियन्टमा उपलब्ध रहेको छ । सबै डिजाइन र फिचरहरु लगभग उस्तै रहेको कारमा फरक भनेको मूल्य र ब्याट्री साइज मात्रै हो ।


Back_to_top