बीएमडब्लू इलेक्ट्रीक कारको बिक्री ६ सय प्रतिशतसम्म बढ्यो

काठमाडौं । बीएमडब्लूले २०१८ को पहिलो चार महिनामा ७ लाख ९९ हजार ५२० वटा कार बिक्री भएको जनाएको छ । 

२०१७ को तुलनामा बीएमडब्लुको बिक्री यो वर्ष २.५ प्रतिशतले बढेको हो । बीएमडब्लूले अप्रिल महिनामा १.२ प्रतिशतले आफ्नो विक्री बढाएको छ ।

अप्रिल महिनामा बीएमडब्लूको इलेक्ट्रीक कारको बिक्रीमा चमत्कारीक वृद्धि भएको कम्पनीले जनाएको छ । उसले यो महिना ५२ प्रतिशतले बिक्री बढाएर ९ हजार ८३१ वटा इलेक्ट्रीक कार बिक्री गरेको जनाएको हो । 

बीएमडब्लूले अहिलेसम्म संसारभर २ लाख ५० हजार इलेक्ट्रीक कार बिक्री गरेको छ । साथै, चार महिनामा बीएमडब्लू  ग्रुपले इलेक्ट्रीक कारको बिक्री ४१.७ प्रतिशतले बढाएको छ ।

बीएमडब्लूले यो ४ महिनामा अमेरिकामा इलेक्ट्रीक कारको बिक्री ७३.३ प्रतिशतको वृद्धि गरेको छ भने, युकेमा २५.६ प्रतिशतले र चीनमा सबैभन्दा धेरै ६४६.७ प्रतिशतले इलेक्ट्रिक कारको बिक्री बढेको जनाएको छ । 


Back_to_top