भिडियोमा हेर्नुस्ः टेस्लाको इलेक्ट्रीक गाडीले बोइङ जहाजनै तानेपछि…

काठमाडौं । एउटा गाडीले कति टन तान्न सक्छ ? हामीले गाडी विग्रिएको अवस्थामा सडकबाट गाडीले तानेर वर्कसम्म लगेको देखेका छौ । अष्ट्रेलियामा एउटा गाडीले बोइङ जहाजनै तानेको छ । पत्याउन गार्हो हुने उक्त दृष्यले विश्वका धेरै मानिसहरुलाई आश्चर्यमा पारेको छ । 

अमेरिकन इलेक्ट्रीक गाडी कम्पनी टेस्लाको एक्स एसयुभी मोडलले क्वानटास एयरलाइन्सको बोइङ ७८७–९ सिरिजको जहाज १ हजार फिटसम्म तानेर विश्वमै पहिलो रेकर्ड राखेको छ । 

गाडीले उक्त विमानलाई अष्ट्रेलियाको मेलवर्न विमानस्थलको ट्याक्सी वे मा तानेको हो । २ लाख ८७ हजार पाउन्ड तौल रहेको उक्त जहाज तानेको टेस्ला कम्पनीले भिडियो सहितको प्रेश विज्ञप्तीमा जनाएको छ । 

क्वानटास एयरलाइन्सलाई इन्टरेनशल काउन्सिल अन क्लिन ट्रान्सर्पोटेसन संस्थाले वायु प्रदुषण अत्याधिक गरेको आरोप लगाएपछि एयरलाइन्स कम्पनीले वातावरण प्रदुशण प्रति सचेत रहेको देखाउन उक्त कार्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 

अव हावा स्वच्छ राख्नका लागि टेस्ला कम्पनीसँग एयरलाइन्सले सहकार्यमा संस्थागत समाजिक उत्तरदायित्वमा सहयोग गर्ने घोषणा समेत गरेको छ । 

यसअघि टेस्ला र एयरलाइन्स कम्पनीले रनवेमा गाडी र प्लेन गुडाएर प्रतिस्प्रर्धा गरेका थिए । सन् २०१६ मा गरिएको उक्त प्रतिस्प्रर्धामा १ सय ५५ एमपिएच दौडिएको थियो । भने जहाज १६० एमपीएच दौडिएको थियो । 


Back_to_top