जर्मन लग्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूले इन्ट्रीलेवल परफर्मेन्स कार एमटी कम्पिटीसनलाई आफ्नो वेभसाइटमार्फत् प्रचार गरिरहेको छ । एम सिरिजअन्तर्गत इन्ट्री लेभल तथा हाई परफर्मेन्स कारलाई कम्पनीले भारतमा सार्वजनिक गर्ने भएको छ ।
यएम–२ कम्पिटीसनलाई कम्पनीले नयाँ डिजाइन तथा एक्स्ट्रा विशेषतासहित बजारमा ल्याएको छ । स्पोर्टी र सार्पलूक्समा निर्माण भएको कारको फ्रन्टमा डिक्नी ग्रिल लगाउनुकासाथै कारमा ग्लासब्ल्याक फिनिसिङ्ग दिइएको छ । कारलाई मस्कुलर बनाइएकाले पनि आकर्षक, बोल्ड देखिएको कम्पनीले जनाएको छ ।
नयाँ डिजाइनमा आधारित बम्पर तथा क्वाँड एक्जक्स्टले कारलाई रियर प्रोफाइलमा झनै शानदार बनाएको छ । कारको इन्टिरियरमा लेटेस्ट र प्रिमियम सुविधा दिइएको छ । यसमा लेदर फाइबर तथा कार्बनकासाथै अन्य मेटेरियलको प्रयोग गरिएको छ । इन्फोटेनमेन्ट सिस्टमअन्तर्गत हर्मन अडियो सिस्टम, विभिन्न एपका साथै सेटेलाइट नेभिगेसनको प्रयोग गरिएको छ ।
बीएमडब्ल्यू एम–२ कम्पिटीसनमा प्रिमियम लेदरसिट लगाइएको छ भने प्यासेञ्जरको लागि बेञ्च सिट उपलब्ध छ । यसको एक्सिलेरेसन तथा टप स्पीड क्षमता पुरानो मोडलको जत्तिकै रहेको छ । कारले शून्यदेखि एक सय किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्न ४.२ सेकेन्डको समय लगाउँछ । यसको टपस्पीड क्षमता दुई सय ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसका अलवा ग्राहकले एम–२ ड्राइभर प्याकेजसमेत किन्न सक्नेछन्, जसको सहायताले कारको टपस्पीड क्षमता दुई सय ८० किलोमिटरसम्म पुर्याउन सकिन्छ । भारतमा एम–२ कम्पिटीसनको प्रतिस्पर्धा ७१८ पोर्शे केम्यान, मर्सिडिज–एएमजी एसएससी–४३ आओडी आरएस–५ सँग हुने अनुमान गरिएको छ । यसको मूल्य ८५ लाख भारतीय रुपैयाँ निर्धारण हुने अनुमान गरिएको छ ।


