नेपाली बजारमा नपाइने सुजुकीका यी ८ कार

काठमाडौं । सुजुकीले नेपाली बजारमा करिब १० मोडलका कयौ भेरिएन्टमा उत्पादन भएका  कारहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । तर, कम्पनीले कति मोडलहरु नेपाली बजारमा पठाएको छैन । साथै कम्पनीका केही उत्पादन भारतीय बजारमा समेत बिक्री वितरण गरिरहेको छैन । 

कम्पनीले २०१५ यता नयाँ सेग्मेन्टका इग्निस, बलेनो र एसक्रशजस्ता बहुप्रतिक्षित मोडल सार्वजनिक गरिसकेको छ । विभिन्न मोडल उत्पादन गरिसकेको मारुती सुजुकीद्वारा उत्पादित आठ मोडललाई भारतीय र नेपाली बजारमा कम्पनीले बिक्री–वितरण गरेको छैन ।

सुुजुकी सोलियो 

सन् २००४ मा वागेन आर मोडलको नाममा उत्पादन भएको सोलियोको नाम परिमार्जन गर्र्दै वागेन आर सोलियो राखिएको थियो । त्यसयता, सुजुकीले सोलियो मोडललाई पुनः सार्वजनिक गर्ने योजना बनाएको छैन् । त्यतीबेला भारतीय सडकको परिस्थितिलाई मध्यनजर गर्दै १.२ लिटर पेट्रोल हाइब्रिड इञ्जिनसहित उक्त मोडलको परीक्षण गरिएको थियो । पछि उक्त सोलियोको के–१२ इञ्जिन स्वीफ्ट मोडलमा प्रयोग गरिएको थियो । जसले ८२ बीएचपी पावरकासाथै ११३ एनएम टर्क उत्पादन गर्छ । 

सुजुकी जिम्नी 

सुजुकी कम्पनीको प्रतिष्ठित मोडल आइकोनिक मिनी एसयूभी २० वर्ष पछाडि पुनः बजारमा आएको छ तर भारतीय र नेपाली बजारमा उक्त कार आएको छैन । चौथौं जेनेरेसनमा निर्माण भएको मोडलमा १.५ लिटर के–१५ बी इञ्जिन लगाइएको छ । जसले १०२ पीएस पावरकासाथै १३० एनएम टर्क उत्पादन गर्छ । यसको इञ्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।

सुजुकी हस्टलर 

सफल वागेन आर प्लाटफर्ममा आधारित सुजुकी हस्टलर सुजुकीले पारिवारिक प्रयोजनका लागि यो मोडल निर्माण गरेको थियो । ६६० सीसी क्ष्मताको इन्जिनमा निर्माण भएको यो मोडलमा पाँच स्पीड म्यानूअल सीभीटी लगाइएको छ । भारतीय र नेपाली बजारमा किन्न नपाइने सुजुकी कम्पनीको अर्काे मोडल सुजुकी हस्टलर पनि हो ।

सुजुकी स्पासिया 

सुजुकी स्पासिया भिया कारको रुपमा परिचित छ । यो मोडलमा ६५८ सीसी क्षमताको तीन सिलिन्डर इन्जिन लगाइएको छ । यसले ५२ पीएस पावरकासाथै टर्बाेचाज्र्ड भर्जनबाट ६४ पीएस पावर उत्पादन हुनेगर्छ । यसमा लगाइएको ट्रान्समिसनलाई भिया सीभीटीले ह्यान्डल गर्ने गर्छ । 

सुजुकी ल्यापिन 

जापानको डोमेस्टिक बजारमा चर्चित मोडल सुजुकी ल्यापिनमा ६६० सीसी थ्री सिलिन्डर पावर प्लान्ट लगाइएको छ । यसले ५४ बीएचपी पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । जापानीको स्थानीय बजारमा प्रयोग हुने यो मोडल अफ्रिकन देशको व्यापारिक क्षेत्रमा समेत प्रयोग गर्ने गरिन्छ । 

सुजुकी ब्यान्डिट 

सुजुकी सोलियाको सिस्टर मोडलको रुपमा परिचित सुजुकी ब्यान्डिटमा युनिक हाइब्रिड सिस्टम लगाइएको छ । नर्मल र ईको दुईवटा ड्राइभिङ्ग मोडमा निर्माण भएको यो मोडलमा सोलियाकोजस्तै आकार र विशेषता दिइएको छ । 

सुजुकी स्वीफ्ट स्पोर्ट 

सुजुकी स्वीफ्ट स्पोर्टलाई लेटेस्ट ह्याचब्याकअन्तर्गत निक्कै चर्चित मोडलको रुपमा लिइन्छ । सुजुकी मोडलमा १.४ लिटर बुस्टर जेट टर्बाेचाज्र्ड पेट्रोल इञ्जिन दिइएको छ । जसले १४० बीएचपी पावरकासाथै २३० एनएम टर्क उत्पादन गर्ने गर्छ । यसको इञ्जिनमा ६ स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । अग्रेसिप लूकमा निर्माण भएकोे यो मोडल भारतीय र नेपाली बजारमा भने उपलब्ध छैन । 

सुजुकी एभ्री

सुजुकी कम्पनीको अर्काे मोडल सुजुकी एभ्री, जापानी अटो बजारमा ६६० सीसी इञ्जिन क्षमताको तीन सिलिन्डरसहित सार्वजनिक भएको छ । यो इञ्जिनले ४८ बीएची पावरकासाथै ६२ एनएम टर्क उत्पादन गर्छ । 


Back_to_top