काठमाडौं । साउनको पहिलो साता बीएमडब्लूको इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले सम्भव भएसम्म साउन गते नै यसको आधिकारीक बिक्री सुरु गर्ने तयारी गरिरहेको हो ।
‘हामीले आईएक्स ३ को बिक्री सुरु गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएका छौं । सम्भवत साउन १ गते नै यसको बिक्री सुरु हुनेछ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
बीएमडब्लूले सन् २०२१ को अन्त्यबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गरेको आईएक्स ३ कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । बीएमडब्लूले अहिलेसम्म एक्स-३ मोडललाई पेट्रोल, डिजेल, प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्रीक भर्सनमा ल्याइसकेको छ ।
नेपालको लागि बीएमडब्लूको आधिकारीक बिक्रेता लक्ष्मी प्रिमियम प्रालिले यसको प्लगइन हाइब्रिड मोडल यसअघि बिक्री गर्दै आएको थियो । अब यसमा आईएक्स-३ पूर्ण इलेक्ट्रीक मोडल थप हुने भएको हो ।

बीएमडब्लूले आफ्नो चर्चित किडनी आकारको ग्रिललाई इलेक्ट्रीकमा पनि निरन्तरता दिइएको छ । यसको ड्यासबोर्डमा दुई समान साइज १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । ठूलो पानारोमिक शनरुफ, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, गाडी भित्र दिइएको आकर्षक लाइटले निकै प्रिमियम फिल गराउने छ ।
बीएमडब्लूले आईएक्स ३ मा १९ इन्चको डबल स्पोक ह्वील दिइएको छ । सबै किसिमको वेदरमा उत्तिकै काम लाग्ने फ्लोरम्याट, फ्ल्याट टायर, टायर प्रेसर मोनिटर जस्ता फिचर यसमा पाउन सकिन्छ ।
बीएमडब्लूले यसको रियर ह्वील ड्राइभ सिस्टम दिएको छ । यसमा २१० किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीलाई ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरसम्मले चार्ज गर्न सकिन्छ । यदि ३५० किलोवाट क्षमताको चार्जरले यसलाई १० मिनेट चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ ।
आईएक्स-३ को लम्बाई ४७३४ एमएम, चौडाई १८९१ एमएम र उचाई १६६८ एमएम छ । २८६४ एमएम लामो ह्वीलवेस भएको यो गाडीमा १७९ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
कम्पनीले यसमा ८० किलोवाट आवरको ब्याट्री उपलब्ध रहने छ । यसले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज दिने डब्लूएटीपीले प्रमाणित गरेको छ ।
लक्ष्मी प्रिमियमले अहिले बुकिङ लिइरहेको आईएक्स-३ को मूल्यको बारेमा भने कुनै जानकारी दिएको छैन । कम्पनीले अहिले बुकिङ गर्ने ग्राहकलाई भने २ करोड ३० लाख हाराहारी मूल्य हुने बताएको छ ।

