बाइकको परिभाषा बदल्ने बिएमडब्लु ‘मोटोरेड भिजन नेक्स १००’ (भिडियोसहित)

काठमाडौं । बिएमडब्लु एउटा यस्तो सवारीसाधन निर्मात कम्पनी हो उसले आफ्ना हरेक उत्पादनमा फरकपन दिने क्षमता राख्छ । १०२ वर्ष पुरानाे कम्पनी अब्बल सवारीसाधन निर्माता कम्पनी हाे ।  

बिएमडब्लु आफ्नो स्थापनाको एक शताब्दी पुगेको अबसरमा घोषणा गरेको ‘मोटोरेड भिजन नेक्स १००’ मोडेल निर्माणलाई तिब्रता दिएको जनाएको छ । साथै कम्पनीले यो कनसेप्ट १०० पछि संसारले अपनाउने समेत उसले दाबी गरेको छ । 

स्ट्याड नचाहिने यो बाइक सुरक्षाको दृष्टिले निकै अब्बल हुने जनाइएको छ । हेलमेट नलगाईकन चलाउन मिल्ने यो बाइकमा अत्याधुनिक कारमा प्रयोग भएका सुरक्षा फिचर दिइन लागेको कम्पनीले जनाएको छ । 

उक्त बाइकका डिजाइनर एड्गर हेन्रिचका अनुसार बाइक रोकेपछि वाइक आफैंले आफुलाई सन्तुलित गरेर राख्छ भने कुनै कुरासँग ठोक्किदा पनि बाइक ब्यालेन्समै बस्छ यसले चालक लड्दैन । 

यसलाई चलाउने चालकले डिजिटल भाइजर भएको चश्मा अनिर्वाय लगाउनु पर्ने हुन्छ । उक्त चश्माको चार स्थानमा विभिन्न किसिमका डिस्प्लेहरु रहेका हुन्छन् । यदी चालकले माथी हेरेमा बाइकको गति, मोडिने स्थान र वरिपरी र पछाडीको गतिविधिका बारेमा चालकले जानकारी पाउँछ । तल हेरेमा नक्शा र रुटहरु आउने गर्छ ।

अहिले प्रोटोटाइपमा निर्माण गरेको यो बाइक अन्तर्राष्ट्रिय बजारमा आउन भने समयलाग्ने छ ।


Back_to_top