कारको माइलेज बढाउनु छ भने अपनाउनुस् यी ५ उपाए

काठमाडौं । नेपालमा प्रयोग हुने अधिकांश ग्यासोलिन कारले प्रतिलिटर १५ किलोमिटर देखि २२ किलोमिटरसम्म माइलेज दिने गर्छ । 

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा डिजेल, पेट्रोलको मूल्य निरन्तर बढि रहेको छ । यस्तो अवस्थामा तपार्इलाइ गाडीको माइलेज बढाउने उपाय निक्कै लाभदायक हुन सक्छ ।

समयमा नै सर्भिसिङ गराउने

समय समयमा कारको सर्भिसिङ गराउनु पर्छ । हरेक १५ दिनमा कारको इन्धन तथा मोभिलको मात्रा जाँच गर्नु पर्छ । कारमा इन्धनको लेभल सहि मात्रा नभएको  खण्डमा कम्पनीले सुझाएको इन्धन प्रयोग गर्नु पर्छ । 

सबैभन्दा महत्वपूर्ण कुरा कारमा लगाइएको एयर फिल्टर, इन्धन फिल्टरलगायतका फिल्टरहरूको ठीकसँग जाँच गर्नु पर्छ  । गाडीमा राखिएको फिल्टरमा समस्या आएको खण्डमा कारले कम माइलेज दिने गर्छ । कारको स्पार्ट प्लगको सफाई गरि त्यसलाई पनि चेकजाँच गर्नु पर्छ । 

टायरको एयर प्रेशरलाई ध्यानमा राख्ने 

कारमा लगाइएको टायरको एयर प्रेसरबारे जानकारी लिनु पर्छ । टायरको एयर प्रेशरले माइलेज दिनुका साथै आरामदायी राइडिङमा सहायता पुर्याउँछ । 

टायरमा हावा कम भएको खण्डमा कारको रफ्तार कम हुनुका साथै माइलेजसम्म घट्ने गर्छ ।  त्यस कारण पिएसआइमार्फत गाडीको टायर चेक गर्नु पर्छ । 

सहि गियरमा ड्राइभिङ गर्ने

प्रत्येक ५-५ सेकेन्डमा कारको गियर बदलि रहनु आवश्यक हुदैन । गाडीको गियर सकेसम्म चाँडो शिफ्ट अप गर्नु पर्छ भने उतीनै मात्रामा शिफ्ट डाउन गर्नु पर्छ ।  शिफ्ट अपगर्दा आफ्नो कारलाई उच्च गियरमा राख्नु पर्छ ताकी यसले राम्रो माइलेज दियोस् । 

कारमा फाल्तु वजन नराख्ने 

क्षमता भन्दा धेरै वजन राखेको खण्डमा कारले माइलेज दिन सक्दैन । कारमा फाल्तु वजन राख्नु माइलेज घटाउनु हो । त्यसैले माइलेजका लागि कारको डिकीमा धेरै वजन नराख्नु  नै उचित मानिन्छ । 

चर्काे घाम लागेको स्थानमा गाडी पार्किङ नगर्ने

विशेषत नेपालको तराई क्षेत्रमा निक्कै गर्मी हुने गर्छ । चर्काे घाम लागेको ठाउँमा कार पार्किङगर्दा यसको माइलेज घट्ने संभावना रहन्छ । ४० डिग्री सेन्टिग्रेट भन्दा बढि तापक्रम भएको खण्डमा कारको इन्टेरियर तातिन्छ, जसले गर्दा कार सामान्य तापक्रममा आउँन निक्कै समय लाग्छ । 

टप स्पिडमा कारमा एसी चलाएको खण्डमा कारले धेरै इन्धन खपत गर्नुका साथै कम माइलेज दिने गर्छ । त्यसैले घाम चर्किएको स्थानमा कार पार्किङ गर्नु हुँदैन । 


Back_to_top