यात्रुले उड्नै लागेको बुद्ध एयरको आपतकालीन ढोका खोलेपछि…

काठमाडौं । रुपन्देहीको भैरहवा विमानस्थलबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडानमा ढिलाइ भएको छ ।

बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन-एएमडी)का यात्रु सुमन गौतमले बिना कारण आपतकालीन ढोका खोलेका हुन् ।उनलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ।नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार यात्रुले बिना कारण जहाजको आपतकालीन ढोका खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ ।

उक्त जहाजको जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको एयरलाइन्सले जनाएको छ । जहाजको पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र उडान भर्नेछ ।


Back_to_top