के-के गर्न मिल्छ ‘बीवाइडी एप’बाट ?

काठमाडौं । बीवाइडीले २०२४ एटो-थ्रीसँगै ‘बीवाइडी एप’ पनि सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता साइमेक्स इंकले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी एटो-थ्रीको नयाँ मोडलसँगै बीवाइडी एप पनि सार्वजनिक गरेको हो ।

यसलाई नयाँ भर्सन एटो-थ्रीमा उपलब्ध महत्वपूर्ण फिचर मानिएको छ । यसको प्रयोगले गाडी धनीको ड्राइभिङ अनुभव अर्को तहमा पुर्याउने कम्पनीको दावी छ ।

बीवाइडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएको वारेमा सहजै थाहा पाउन सकिन्छ ।

त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिने भएको कारण बीवाइडी एपले नयाँ एटो-थ्रीलाई नेक्सट लेभलमा लगेको कम्पनीको दावी छ ।

नेपाल आएको दुई वर्षभन्दा कम समयमै ३ हजार युनिट बढी एटो-थ्री विक्री भएको कम्पनीले जनाएको छ । पहिलो पटक कालो कलरमा आएको एटो-थ्रीको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर कम्बीनेशनमा पाउन सकिन्छ ।

गाडीको पछाडि दिइएको ‘बिल्ड योर ड्रिम’ ब्याज हटाएर अब भने स्लिक अक्षरमा ‘बीवाइडी’ मात्रै लेखिएको छ । डी-पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्न सहित सिल्भर कलरमा रहेकोमा अब स्टाइलिस ब्ल्याक कलरमा आएको छ ।

कम्पनीले नयाँ एटो-थ्रीमा १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । यसअघि १२.८ इन्चको स्कृन आउँथ्यो । कम्पनीले यसमा टायर पनि परिवर्तन गरेको छ । यसअघि रहेको टायरलाई राम्रो ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न हाई-पर्फमेन्स कन्टिनेन्टल टायर दिइएको छ ।

यसको डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ । र, त्यहि कारण एड्भेन्चर तथा आउट डोरमा रमाउन चाहनेहरुका लागि यो गाडी उपयुक्त बनेको छ ।

नयाँ एटो-थ्री एड्भान्स र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छन् । एड्भान्समा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर दिइएको छ ।

अब बीवाइडी एटो-थ्रीको २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी चार कलर अप्सनमा किन्न पाइन्छ ।


Back_to_top