बीवाइडीको ‘नेपाली अब यूरोकपमा’ योजना, यसरी जान पाइन्छ जर्मनी

काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘नेपाली अब यूरो कपमा’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बीवाइडी गाडी खरिद गर्ने ११ जना भाग्यशाली बिजेताले यूरो कप प्रत्येक्ष हेर्न पाउने भएका छन् ।

आगामी जुन १४ देखि जुलाई १४ सम्म एक महिनासम्म जर्मनीका विभिन्न सहरमा आयोजना हुने यूरोकपमा बीवाइडी ई-मोबिलिटी पार्टनरका रुपमा रहेको छ । त्यसैले कम्पनीले यो योजना ल्याएको हो ।

बीवाइडीका फुटबल प्रेमी ग्राहकलाई जर्मनीमा गएर प्रत्येक्ष यूरोकप-२०२४ का रोमाञ्चक खेलहरु हेर्ने मौका प्राप्त हुने साइमेक्स इंकले जनाएको छ । कम्पनीले अहिलेसम्म गाडी किनेका र नयाँ गाडी किन्ने ग्राहकलाई दुई खण्डमा विभाजन गरेर ११ जना ग्राहकलाई जर्मनी लान लागेको हो । जसमा यसअघि गाडी किनेका पुराना ग्राहकबाट ६ जना र नयाँ ग्राहकबाट ५ जना सहभागि गराउने कम्पनीको भनाइ छ ।

‘हामी सबै ग्राहकको प्रतिनिधित्व हुनेगरी खेल हेर्न लाने उपभोक्ता छनोट गर्नेछौं । फुटबल टीममा हुने ११ खेलाडीलाई प्रतिनिधित्व हुनेगरी यहाँबाट पनि ११ जना नै लिएर जान लागेका हौं’, कम्पनीका सीईओ शहिल श्रेष्ठले घने ।

बिद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नविनतम आविष्कर गर्दै आफ्ना ग्राहकलाई अविस्मरणिय अनुभब प्रदान गर्न बीवाइडी सदैब प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ । हाल नेपाली बजारमा बीवाइडीको एट्टो३, डल्फिन र सील मोडलका न्यू इनर्जी भेहिकल बिक्री हुदै आएको छ ।


Back_to_top