काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७ वर्ष पछि भएको चीन भ्रमणकै समयमा चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले १० हजार युनिट बिक्री गरेको घोषणा गरेको छ ।
सन् २०२२ को अक्टोबरमा एटो३ लन्च गर्दै बीवाइडी भारतको प्यासेन्जर मार्केटमा प्रवेश गरेको थियो । यसअघि कम्पनीले भारतमा इलेक्ट्रीबसहरू बिक्री गर्दै आएको थियो ।
बीवाइडीले भारतमा अल इलेक्ट्रीक एमपीभी ईम्याक्स ७, सिल सेडान, एसयूभी एटो३ र प्रिमियम एसयूभी सिलायन ७ बिक्री गर्दै आएको छ । बीवाइडीले हाल भारतमा एसकेडी निर्यात गरी एसेम्बली गरिरहेको छ । बीवाइडीले जनवरी २०२५ मै भारतमा ४० वटा डिलर नेटवर्क बनाउने घोषणा गरेको थियो ।
बीवाइडीले भारतमा १ अर्ब डलर लगानी गरी उत्पादन बेस निर्माण गर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको थियो । बीवाइडीले हैदरावादको मेघा इन्जिनीयरिङ एण्ड इन्फ्रास्ट्रक्चरसँगको पार्टनरशिपमा इलेक्ट्रीक भेहिकल र ब्याट्री उत्पादन प्लाण्ट बनाउने योजना अघि बढाएको थियो ।


