नयाँ कारमा धेरैले खोज्ने ९ फिचर, तपाईको कारमा छ ?

काठमाडौं । मानिसका इच्छा र आकांक्षा असीमित हुन्छन् । ती असीमित चाहानमध्ये एक आधारभूत आवश्यकता बन्दै गएको छ सवारीसाधन । अझै पनि कतिपय देशमा गाडीलाई विलासी वस्तुका रुपमा हेरिने गरेको पाइन्छ । तर, यसको उपयोगिताका आधारमा यो विलासी नभई अत्यावश्यक वस्तु बन्दै गएको छ ।

गाडी एक ठाँउबाट अर्को ठाँउमा जाने सवारी साधनमा मात्रै सीमित नभई आजकाल मानिसले आफ्नो दैनिकी नै यसमै बिताउन थालेका छन् । अझ, कतिपयले त गाडीलाई आफ्नो दोस्रो घर नै ठान्न थालेका छन् ।

पछिल्लो समय विश्वबजारको अटोमोटिभ उद्योग निरन्तर विकसित र विस्तारित हुँदै गइरहेको छ। यस्तोमा नयाँ कार खरिद गर्नेका लागि उनीहरूका आवश्यकता र प्राथमिकताहरूलाई पूरा गर्न अटोमेकरहरूले नयाँ नयाँ प्रविधि र सुविधा थप गर्दै नयाँ–नयाँ प्रडक्टहरू लन्च गरिरहेका छन् । हामीले यहाँ सन् २०२३ मा नयाँ कार किन्न चाहने धेरै ग्राहकहरूले खोज्ने फिचर्स बारे चर्चा गरेका छौं ।

१. एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ठूलो टचस्क्रीन

पछिल्लो पटक सार्वजनिक हुने गरेका अधिकांश आधुनिक कारहरूमा ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको पाइन्छ । यो सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवै सपोर्ट गर्ने हुन्छ ।

आजकल कार चलाउने अधिकांश चालकहरूले स्मार्ट फोन प्रयोग गर्ने भएकाले वाइफाइ कनेक्ट सुविधासहित एप्पल कारप्ले र एन्ड्रोइड अटो खोजि हुने गरेको हो । सवारी चालकले यसको माध्यमबाट सजिलैसँग आफ्ना स्मार्टफोन अपरेट गर्न सक्छन् । यात्राका क्रममा कारमा रहेका अन्य फिचर्स यसबाट सहज तरिकाले पहुँच गर्न एपपनि प्रयोग गर्न सकिन्छ ।

२. प्यानाराेमिक सनरुफ

कारमा पाइने सुविधामध्ये एक लोकप्रिय सुविधा सनरुफ हो । जसले कार चालक र यात्रुलाई यात्राका क्रममा घाम र ताजा हावाको आनन्द लिन सहज बनाउँछ । यदि तपाईको कारमा चाहे पावर टिल्ट, स्लाइड सनरुफ, वा सनशेड भएको साधारण सनरुफ मध्ये कुनै रहेको छ भने यो सुविधाले कुनै पनि कारमा विलासिताको स्पर्श दिन थप्न मद्दत गर्दछ ।

३. पुस स्टार्ट/स्टप बटन

पुस स्टार्ट बटनले कारलाई सहजै स्टार्ट र स्टप गर्न सकिन्छ । यो सुविधाले परम्परागत रुपमा प्रयोग हुने चाबीलाई प्रतिस्थापन गर्दछ । यसले कारमा आधुनिक सुविधाको भएको महसुस गराउँदछ । यो सुविधा प्रयोग गर्दा कारको फिजिकल चाबी आफ्नो पकेट वा कारभित्रको कुनै पनि स्टोरेजमा राखे हुन्छ ।

४. भेन्टिलेटेड सिट

यो सुविधा विशेष गरी तातो मौसममा बस्नेहरूका लागि बढी उपयुक्त हुन्छ । यदि तपाईको कारमा भेन्टिलेटेड सिट रहेको छ भने त्यसलाई चिसो वा तातो आवश्यकता र मौसम अनुसार बनाउन वातानुकूलीत बनाउन सकिन्छ । जसबाट सिटमा बस्दा ढाड वा तस्रिफमा पसिना आउने वा चिसो सिटमा बस्ने समस्या हुँदैन । यसको सहायताले चालकले आरामदायी यात्राको अनुभव लिन सक्नेछन्।

५. सेन्सर सहितकाे रियर पार्किङ क्यामेरा

आधुनिक कारहरूको रियर पार्किङ क्यामेरा तथा सेन्सर कारको एक अनिवार्य फिचर भएको छ । यसलाई लाइफ सेभर पनि भन्न सकिन्छ । यदि कुनै साँघुरो वा अप्ठ्यारो स्थानमा ड्राइभ वा पार्किङ गर्दै हुनुन्छ भने यसले तपाईंको पछाडि के छ भन्ने स्पष्ट दृश्य हेर्न सकिन्छ । आधुनिक कारहरूमा डाइनामिक गाइडलाइन सहितको रियर पार्किङ क्यामरा हुने गरेको छ । यसले दुर्घटना वा कुनै जोखिमबाट बच्न ठूलो मद्दत गर्छ । साथै कारलाई रिभर्स गर्न गाह्रो लाग्ने चालकहरूको लागि त यो सुिवधा अत्यावश्यक नै हो ।

६. उच्च ग्राउन्ड क्लियरेन्स

नेपालको भौगोलिक अवस्था अनुसार यहाँका सडकमा गाडी संचालन गर्न खरिद खरिदकर्ताको ठूलो कन्सर्न ग्राउन्ड क्लियरेन्स हुने गरेको छ । यहाँको बाटाघाटा धेरै स्थानमा बिग्रिएको तथा खाल्डो परेका छन् । यस्ता बाटाहरूमा कम ग्राउण्ड क्लियरेन्स भएको गाडीमा तल छुने तथा टुटफुट समेत हुने समस्था हुन्छ । त्यसैले कुनै अफरोड या भिरालो ठाउँमा यात्रा गर्न पर्यो भने उच्च ग्राउन्ड क्लियरेन्स भएको गाडी अत्यावश्यक हुन्छ ।

७. स्टाइलिश लुक्स

कार एक स्टाटस सिम्बल पनि भएकोले नयाँ कार खरिद गर्दा यसको लूक्सलाई पनि विशेष ध्यान पूर्याउने गरिएको छ । यसमा आफ्नो आवश्यकता, शैली र इच्छा अनुरुप स्लिक, बोल्ड, स्पोर्टि, फ्यूचरिस्टिक जस्ता आधुनिक डिजाइन या क्लासिक लुक्स भएका कार खरिद गर्न सक्नुहुन्छ ।

८. चालक सीट हाइट एडजस्टमेन्ट

ड्राइभर सीटको हाइट एडजस्टमेन्ट फिचरले चालकलाई आफ्रनो हाइट वा आवश्यकता अनुसार ड्राइभिङ पोजिसन अनुकूल बनाउन मद्दत गर्छ । यस सुविधाबाट चालकले आरामदायी र एर्गोनोमिक ड्राइभिङ अनुभव लिन सक्नेछ ।

९. पावरफुल इन्जिन

धेरैलाई हाई पर्फर्मेन्स र पावर भएको कार अत्यन्तै मन पर्छ । यस्तो कार किन्ने सोचिराख्नु भएको छ भने यसको लागि पावरफुल इन्जिन एक अनिवार्य विशेषता हुन सक्छ । जसले बलियो र भरपर्दो इन्जिनको साथमा कुनै पनि सडकका कठिनाइको सामना गर्न र रोमाञ्चक ड्राइभिङ अनुभवको आनन्द लिन मद्दत गर्दछ ।

समग्रमा हेर्ने हो भने, २०२३ मा कार खरिदकर्ताहरूलाई आकर्षित गर्ने शीर्ष ९ विशेषताहरू यी रहेका छन् । एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवै सपोर्ट गर्ने ठूलो टचस्क्रीन देखि शक्तिशाली इन्जिनसम्म यी सुविधाहरूले तपाईंलाई आफ्नो कारबाट धेरैभन्दा धेरै फाइदा लिन र तपाईंको ड्राइभिङ अनुभवलाई अझ बढी रोचक बनाउन मद्दत गर्न सक्छ। त्यसैले, आफ्नो अर्को कार छनोट गर्दा यी सुविधाहरू विचार गर्न निश्चित हुनुहोस् ।


Back_to_top