के हो एफआई र कार्बोरेटर इन्जिन, कुनमा धेरै फाइदा

काठमाडौं । सवारी साधनहरुमा नयाँ नयाँ टेक्नलोजीको विकास भइरहेको हुन्छ । इन्जिनको सिलीण्डरमा रहेको ‘कम्बस्चन चेम्बर’मा इन्धन र हावा (अक्सिजन) को समिश्रणपछि पिस्टनलाई तलमाथि धक्का दिने गर्छ जसबाट पावर जेनेरेट हुन्छ ।

एफआई (फिउल इन्जेक्टर) र कार्बोरेटरको मुख्य काम भनेको यही हुने गर्छ । यिनीहरूले हावा र इन्धनलाई मिसायर इन्जिनमा पठाउने काम गर्छ ।

कार्बोरेटरले यो कार्य सधैं समान तरिकाले गर्ने गर्छ तर एफआईले भने यो कार्य समय, परिस्थीती, बाहिरी वातावरण, तापक्रम, सवारीको स्थिति अनुसार फरक फरक तरिकाले सम्पन्न गर्छ ।

कार्बोरेटर पुरानो प्रविधि हो भने एफआई विलकुलै नयाँ प्रविधि हो । अझ दुई पाँग्रे सवारीसाधनहमा त हालैका दिनमा मात्र यसको प्रयोग व्यापक रूपमा हुन थालेको छ ।

भारतमा नयाँ वातावरणीय प्रदूषण मापदण्ड (भारत स्ट्यान्डर्ड ६) लागू भएपछि सबै दुई पाँग्रे सवारीसाधनमा एफआई सिस्टम अनिवार्य गरिएको छ । हुनत जापनीज मोटरसाईकल निर्माता कम्पनी यामाहाले सन् २००८ बाटै आफ्नो भारतमा केही मोडलहरुमा एफआई सिस्टमको सफल प्रयोग गरिसकेको छ ।

अब भने भारतमा बनेर नेपालमा आउने सबै भारत स्ट्यान्डर्ड ६ मोटरसाइकलहरु एफआई सिस्टमवाला आउने छ । आज हामीले एफआई र कार्बोरेटर बीचको मुख्य फरक र फाइदा/बेफाइदा बारेमा चर्चा गरेका छौं।

कार्बोरेटर सिस्टम

इन्जिन चल्नका लागि चाइने इन्धन र हावाको मिश्रणलाई आवश्यक्ता अनुसार इन्जीनमा पठाउने काम गर्छ । यसमा हावा र इन्धनको मिसावट को समिश्रणको मात्रालाई पहिला नै तय गरिएको हुन्छ । अर्थात मिश्रणमा हावा ७० प्रतिशत र इन्धन ३० प्रतिशत मिसाउने तय गरिएको छ भने सबै समयमा सोही समिश्रणमा इन्जिनमा पठाउने काम गर्छ ।

हामीले मोटरसाईकलको एक्सीलेटर बढाएमा बढी हावा र इन्धनको मिश्रण र घटाएमा कम मात्रामा उक्त मिश्रण इन्जीनमा जाने गर्दछ । यसमा अन्य सेन्सरहरुको प्रयोग नभएकोले सबै अवस्थामा तोकिएको मिश्रण नै इन्जिनमा पूग्छ ।

कहिलेकाहीँ दुर्घटना भएर सवारी ढलेको अवस्थामा समेत सो मिश्रण पठाइनै रहने भएकोले ओभर फ्लो समेत हुने गर्दछ । जसका कारण इन्धन खेर जाने र आगलागि समेत हुने सम्भावना हुन्छ ।

यो सिस्टममा इन्धन धेरै खपत हुने, वातावरण प्रदूषित हुने र संचालन खर्च समेत ज्यादा हुने गर्छ ।

फिउल इन्जेक्टर (एफआई)

फिउल इन्जेक्टर एक आधुनिक प्रविधि हो । यसको मुख्य काम भनेको समय र आवश्यक्ता अनुसार इन्धन र हावाको समिश्रणलाई इन्जिनमा पठाएर कमभन्दा कम इन्धनलाई वातावणीय प्रदूषण कम गराउनु हो ।

यसमा ८ वटा विभिन्न सेन्सरहरू लगाइएका हुन्छन् । जसले ८ तरिकाले सवारी, स्पिड, वातावरण, तपक्रम, एक्सीलेसनको मात्रा आदिका आधारम इन्धन र हावाको मिसावटको निर्धारण गर्ने गर्छ । यसमा कार्बोरेटरको जस्तो समान समिश्रण हुँदैन।

आवश्यक्ता अनुसार रियल टाइम समिश्रण (हावा र इन्धनको) मात्रा थपघट हुने गर्छ । जस्तो जाडोको मौसममा कार्बोरेटर मोटरसाईकलमा भन्दा एफआई सजिलै स्टार्ट हुने गर्छ । यस्तो मौसममा एफआईले इन्जीनमा पठाउने समिश्रणमा हावाको भन्दा इन्धनको मात्रा बढी हुने गर्छ ।

एफआईले एक्सिलेटर बढाउँदैमा इन्धनको फ्लोलाई मात्र बढाउँदैन । यसले त कति मात्रामा इन्धन र हावाको आवश्यक्ता हुन्छ उक्त कुरा निर्धारण गरेर मात्र आवश्यक मात्रामा इन्धन खर्च गराउँछ । फलस्वरुप कम इन्धनमा धेरै यात्रा गर्न सम्भव हुन्छ, वातावरण जोगाउँछ, सवारीको माइलेज १४ प्रतिशत बढाउछ ।

एफआईले मोटरसाइकल आवश्यकताभन्दा बढी ढल्कीएमा इन्धनको फ्लोलाई रोकिदिने काम पनि गर्छ । जसको सहयोगले इन्धनको ओभर फ्लो हुन बाट जोगाउँछ ।


Back_to_top