आयो टियानसिङ ब्याट्री, सहजै ८ लाख किलोमिटर गुडाउन मिल्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक सीएटीएलले प्यासेन्जर विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीमा ३५ प्रतिशतभन्दा बढि बजार हिस्सा ओगटेको छ । कारको ब्याट्रीमा सफलतासँगै कम्पनीले कमर्शियल भेहिकलमा समेत ब्याट्री उत्पादन र सप्लाइमा जोड दिने भएको हो ।

सीएटीएलले कमर्शियल भेहिलकको लागि नयाँ ब्याट्री ब्राण्ड टियानसिङ सार्वजनिक गरेको छ । कम्पनीले टियानसिङको एल सिरिजको कमर्शियल भेहिकलको ब्याट्री प्याक सार्वजनिक गरेको हो । यो ब्याट्री प्याकसँगै लजीस्टीक र डिस्ट्रीव्युसन क्षेत्रमा पुरै इको सिस्टम निर्माण भएको छ ।

सीएटीएलले एल सिरिजमै सुपरचार्ज सपोर्ट गर्ने भर्सन र लङरेन्ज भर्सन गरी दुई भर्सन सार्वजनिक गरेको छ । सुपरचार्ज भर्सनको ब्याट्रीले ४सी चार्जिङ स्पीड सपोर्ट गर्छ । यो ब्याट्रीलाई जम्मा १२ मिनेटमै ६० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यो ब्याट्री प्याकको क्षमता १४० किलोवाट आवर र इनर्जी डेन्सीटी १५५ वाटआवर प्रतिकेजी रहेको छ । यसको लाईफ ८ वर्ष वा ८ लाख किलोमिटरको हुनेछ । यो प्याक टाइम सेन्सेटीभ कमर्शियल भेहिकलको लागि तयार गरिएको हो ।

सीएटीएल टियानसिङको अर्को एल सिरीजकै ब्याट्री प्याक भने लङ रेन्ज दिन्छ । यो ब्याट्री प्याकको क्यापासिटी २०० किलोवाट आवर रहेको छ भने यसको इनर्जी डेन्सीटी २०० वाटआवर प्रतिकेजी रहेको छ । यो ब्याट्रीको सपोर्टले एकै पटकमा ५०० किलोमिटरसम्मको दुरी पार गर्न सकिन्छ ।

यो ब्याट्री प्याकको ब्यवसायीक उतपादन सुरु भइसकेको छ । उक्त ब्याट्रीलाई १३ कम्पनीका २१ वटा मोडलमा छिट्टै टियानसिङ ब्याट्रीको प्रयोग हुनेछ ।


Back_to_top