काठमाडौं । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको बिक्री वितरण गर्दै आएको नारायणी अटो बिजनेश प्रालिले अब टायरको बिक्री बितरणमा पनि काम सुरु गरेको छ । कम्पनीले ‘सिएट सप्पी’ नामबाट टायरको शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले बनाएको सुविधा सम्पन्न शोरुमको उद्घाटन सिएट इन्डियाका अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले गरेको थिए । उनिसँगै कार्यक्रममा सिएटको आधिकारीक बिक्रेता श्री एसटीसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै सिएट इन्डियाका भाइस प्रसिडेन्ट रावले नेपालमा सिएट टायरको लोकप्रियता र हाम्रा उत्पादन प्रति ग्राहकको विश्वास बढ्दै गएको बताए । अहिले खुलेको यस्ता नयाँ शोरुमले ग्राहकको विश्वास थप मजबुद बनाउने उनको भनाई थियो ।
सिएटको आधिकारिक बिक्रेता श्री एसटिसीका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले टायरमा सिएटले अलग पहिचना बनाएको बताए । उनले सिएट सेवा बिस्तारमा निरन्तर रहने र सन्तुष्ट ग्राहक नै आफ्नो सेवाको मुख्य उद्देश्य रहेको बताए ।
नारायणी अटो बिजनेश प्रालिका प्रवन्ध निर्देशक अनुपकुमार बरालले विश्वप्रसिद्ध सिएट टायर ब्राण्डसँग जोडिएर ब्यवसाय गर्न पाउँदा खुसी लागेको बताउँदै भने, ‘नेपाली बजारमा सिएट टायरको बढ्दो माग पुरा गर्न नयाँ शोरुम संचालनमा ल्याएका हौं । यहाँबाट उत्कृष्ट सेवा प्रदान गर्नेछौं ।’


