काठमाडौं । सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको विभिन्न ७ ब्राण्डका विद्युतीय गाडी एकै स्थानमा राखेर ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गर्दैछ ।
सीजीले काठमाडौंको गैह्रीधारामा रहेको एलिस रिसेप्सनमा आफूले बिक्री गर्ने ७ ब्राण्डका विद्युतीय गाडीको एक्सचेन्ज मेला आयोजना गर्न लागेको हो । माघ १५ गते बिहीबारदेखि सुरू हुने एक्सचेन्ज मेला माघ १८ गते आइतबारसम्म चल्नेछ ।
कम्पनीले आफू आधिकारिक बिक्रेता रहेको एक्सपेङ, रिडारा, जीएसी आयोन, किङलङ, दायुन, नेटा र प्रिमियम ब्राण्ड स्मार्टका गाडीहरू राख्नेछ । यसमा सहभागि हुने एक्सचेन्जकर्ताले कुनै पनि ब्राण्डको पुरानो गाडी ल्याएर कम्पनीको नयाँ गाडी लिएर जान सक्नेछन् ।
मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा कम्पनीले १० लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ । उक्त छुट भने ब्राण्ड अनुसार फरक हुनेछ । साथै, कुनै पनि ब्राण्डको गाडी किन्दा अन दी स्पट फाइनान्स पनि उपलब्ध हुनेछ ।
कम्पनीले एक वर्षको अटो प्लस इन्स्योरेन्स, एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर र ७ किलोवाट क्षमताको वाल माउन्ट चार्जर दिने कम्पनीले जनाएको छ ।
मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभललाई भव्य बनाउन कम्पनीले बालबच्चाको लागि खेल्ने एरिया, फुड कोट, हरेक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परको व्यवस्था गरेको जनाएको छ ।

