इटहरीमा ट्रायम्फकाे एक्सचेन्ज क्याम्प सुरू, ग्राहकलाई अफरैअफर

इटहरी । पूर्वी नेपालको इटहरीमा ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरू भएको छ ।

नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो सिटीसँगको सहकार्यमा उक्त क्याम्प आयोजना गरेको हो ।

धरान-१५ दशरथपथ स्थित बिग फुट फुटसलमा आयोजित क्याम्प माघ १७ गतेसम्म संचालन हुने भएको हो । नेपालको पूर्वी क्षेत्रका मोटरसाइकल पारखीहरूसँग प्रत्यक्ष जोडिनु, ट्रायम्फको विश्वस्तरीय प्रदर्शन, डिजाइन र समृद्ध विरासत अनुभव गराउने उद्देश्यले यो क्याम्प आयोजना गरिएको कम्पनीको भनाइ छ ।

६ दिनसम्म चल्ने यस एक्सचेन्ज क्याम्पमा ग्राहकले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँगै सहजै ट्रायम्फ मोटरसाइकलमा साट्न सक्नेछन् ।

साथै, ग्राहकले उचित मूल्यांकन, न्यून ब्याजदरमा सहज फाइनान्स सुविधा, टेस्ट राइड सुविधा र एक्सचेन्जमा थप १५ हजार रुपैयाँसम्म मूल्यांकन पाउने छन् ।

यसका अलावा गहकले प्रत्येक ट्रायम्फ मोटरसाइकलको खरिदमा आकर्षक प्रिमियम हेल्मेट उपहार पाउने कम्प्नीले जनाएको छ ।

नेपालभर आफ्नो उपस्थितिलाई विस्तार गर्दै गएको ट्रायम्फले आगामी दिनहरूमा अझ धेरै ग्राहक-केन्द्रित कार्यक्रमहरू ल्याउने बताएको छ ।


Back_to_top