चांगान बन्यो दोस्रो ठूलो चिनियाँ अटोमेकर

काठमाडाै‌ । चीनको घरेलु अटोमोबाइल बजारमा चांगानले एक नम्बरको बीवाईडीलाई पछ्याइरहेको छ । सन् २०२३ को तथ्यांकमा पहिलो नम्बरमा रहेको बीवाईडीलाई चांगानले अटोमोबाइलले पछ्याइरहेको देखिन्छ ।

चाइना पेसेन्जर कार एसोसिएसन (सीपीसीए)का अनुसार सन् २०२३ मा बीवाईडीका २५ लाख ७१ हजार कार विक्री भएका थिए । बीवाईडी र चांगानबीच ठूलो अन्तराल देखिन्छ । तथापी नौ लाख ६२ हजार कार विक्री गरेको चांगान दोस्रो ठूलो चिनियाँ कार निर्माता बनेको छ ।

सीपीसीएका अनुसार सन् २०२३ मा चिनियाँ बजारमा दुई करोड १७ लाख नयाँ कार बिक्री भएको थियो जुन अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो । इभी तथा पीएचइभीको प्रभावका कारण चिनियाँ कार बजार ५ प्रतिशतले वृद्धि भए पनि आईस कारको विक्री ६.१ प्रतिशतले घटेको छ । सन् २०२३ मा चीनमा इभी र पीएचइभीको बजार ३६.५ प्रतिशतले बढेको हो । हाल चिनियाँ बजारमा इभी र पीएचइभीको हिस्सा ३५.७ प्रतिशत रहेको छ ।

चांगान विगत दुई दशकदेखि चीनको टप ३ अटोमेकरका रुपमा रहँदै आएको थियो । पछिल्ला तीन वर्षमा चांगानको बिक्री असाधारण रहेको देखिन्छ । घरेलु मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि चांगानको बढोत्तरी हुँदै आएको छ । बलियो घरेलु माग र न्यू इनर्जी भेहिकल (एनईभी)को सुरुवातका कारण यो सम्भव भएको थियो ।

सन् २०२२ मा चांगानले संसारभर २३ लाख ५० हजार गाडी बिक्री गरेको थियो । यो वर्ष एनईभी बिक्रीमा ४१.१ प्रतिशत इयर अन इयर वृद्धि भएर तीन लाख ८१ हजार युनिट कार बिक्री गरेको थियो । यो वर्ष चांगानका कारको निर्यात महसुस हुने गरी बढेको थियो ।

गएको वर्ष चांगानको बिक्री २५ लाख ५३ हजार पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशतले बढी हो । इलेक्ट्रिक भेहिकलको बिक्री चार लाख ७४ हजार युनिट पुग्यो जुन अघिल्लो वर्षको तुलनामा ७४.८ प्रतिशतले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने चांगानको निर्णयले पनि उसको सफलतामा महत्वपूर्ण योगदान दिएको छ । उसले दक्षिणपूर्व एसिया र युरोपलाई आफ्नो गन्तव्य बनाएको छ । सन् २०२३ मा चांगानले थाइल्यान्डमा डुब्यु गरेको थियो जुन उसको मिसन अफ सांग्रिला र भास्ट ओसियन प्लान जस्ता नीतिमा आधारित थियो ।

नेपालमा चांगानको आधिकारिक विक्रेता रहेको एमएडब्लु वृद्धिले गत महिना दिपल एस०७ इभी सार्वजनिक गरेको थियो । १५ भन्दा धेरै फिचर नेपालका लागि थप गरिएको दिपल एस०७ छोटो सबैभन्दा बढी खोजिएको इभी बन्न सकेको छ ।

 


Back_to_top