चिनियाँ ब्राण्ड ‘च्याङ्गन’ले बढायो गतिविधि, नेपाल आउने पहिलो कार सेडान कि एसयूभी

काठमाडौं । चिनियाँ ब्राण्ड च्याङ्गनले नेपालको आधिकारीक वितरक एमएडब्लू वृद्धिलाई तोकेसँगै नेपालमा आफ्नो अतिविधि सुर गरेको छ । कम्पनीले आफ्नो विभिन्न सोशल मिडिया पेजहरुको साथै नेपालको वेभसाइट निर्माण गरेर गाडी चाँडै नेपाल आउने संकेत दिएको हो ।

कम्पनीले आफ्नो शोसल साइटमा लाइक, फलो र सस्क्राइब गर्ने सुरुवाती १०० जनाबाट १० जनालाई विशेषश पुरस्कार दिने घोषणा समेत गरेको छ । ‘च्याङ्गन नेपाल’ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचार सामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ । कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरु मार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्ने जनाएको छ ।

च्याङ्गन ब्राण्डको लागि छुट्टै शोरुम निर्माण गर्ने तयारी भयरहेको एमएडब्लू वृद्धि स्रोतले मेरोअटोलाई जानकारी दिएको छ । च्याङ्गनले चीनमा थुप्रै इलेक्ट्रीक मोडल उत्पादन गर्दै आएको भएपनि सुरुवाती दिनमा नै इलेक्ट्रीक कार भने नेपाल आउने छैन ।

च्याङ्गन चीनको पुरानो अटोमोवायल कम्पनी हो । विगत १५८ वर्षदेखि संचालनमा रहेको यो कम्पनील विश्वका विभिन्न सातवटा स्थानमा खोज तथा अनुसन्धान केन्द्रहरु, तीन वटा विकास केन्द्रहरु, तथा अठार भन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न गराउँदै आफ्नो उत्पादन ग्राहकमैत्री बनाउँदै आएको छ ।

कम्पनीले सुरुमा सेडान कार र प्रिमियम पीकअप नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । साथै, निकट भविष्यमा विद्युतीय सवारी साधन र एसयूभीहरु पनि नेपाल ल्याउने छ ।


Back_to_top