काठमाडौं । चांगनको प्रिमियम सेडान डीपल एसएल ०३ नेपालमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो त्रैमासभित्रै सार्वजनिक हुने भएको छ ।
थाइल्यान्डमा आगामी डिसेम्बरमा सार्वजनिक हुन लागेको डीपल एसएल ०३ नेपालमा सन् २०२४ को मार्चभित्र सार्वजनिक हुने भएको हो ।
चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू ग्रुपले केही साता अघि नेपालमा डीपल एस ७ र डीपल एसएल ०३ सँगै सार्वजनिक गर्ने घोषणा गरेको थियो ।
डीपल ब्रान्ड सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको हो ।

डीपल एसएल ०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभूषित कार हो ।

