टोयोटाले देखायो ब्रेक र एक्सिलेटर पेडलबिनाको ल्याण्ड क्रुजर ईभी

काठमाडौं । टोयोटाले ल्याण्ड क्रुजरको एसइ ईभी कन्सेप्ट देखाएको छ । गत शनिबारदेखि सुरू भएको जापान मोबिलिटी शोमा टोयोटाले उक्त कारको कन्सेप्ट सार्वजनिक गरेको हो ।

टोयोटा ल्याण्ड कु्रजर एसइ एक फुल्ली इलेक्ट्रीक मानोकर्क एसयूभी हो । यसको लम्बाइ ५१३० एमएम, चौडाइ १९८१ एमएम तथा १७०१ एमएमको उचाइ हुनेछ । टोयोटाले यो ईभीको पावरट्रेन र ब्याट्रीप्याकको आधिकारिक जानकारी भने दिएको छैन ।

यसको अगाडिको बनावट मोर्डन तथा मिनीमलिस्ट देखिएको छ । फराकिलो एलईडी डीआरएल, कनेक्टेड टेललाइट, फ्लस डोर ह्याण्डर, बक्सी प्रोपर्सन, ठूलो साइजको ह्वील, लोप्रोफाइल टायर तथा रियर भ्यू क्यामरा यसको बाहिरबाट देखिने फिचर हुन् ।

यसको सबैभन्दा फरक कन्सेप्ट भने स्टेरिङमा देख्न सकिन्छ । टोयोटाले नियो स्टियर नाम दिएको स्टेरिङ योकमा एक्सिलेटर र ब्रेक बिल्टइन रहेको छ । यसले परम्परागत गाडीमा हुने एक्सिलेटर तथा ब्रेक प्याडल हटाएको छ । यसको स्टेरिङ योक मोटरसाइकलबाट प्रेरित रहेको देखिन्छ ।

टोयोटाले रेक्ट्याङ्गुलर सेपको स्टेरिङको राइटमा ब्रेक र एक्सिलेटर दिएको छ, जुन कन्सेप्टमा मात्र सीमित हुने सम्भावना छ । प्रोडक्सन भर्सनमा नहुन सक्छ । तर, टोयोटाको ल्याण्ड क्रुजर ईभीमा देखिएको स्टेरिङले तलको भाग विशेषगरी खुट्टा नचल्नेगरी अपाङ्गता भएका मानिसका लागि भने पर्फेक्ट सोलुसन हुन सक्छ ।


Back_to_top