नयाँ बजेटपछि कम मूल्यका एड्भेन्चर मोटरसाइकलमा ५० हजारसम्म मूल्य बढ्यो

काठमाडौं । नेपालमा टुरिङ कल्चर बढ्दै गएसँगै एड्भेन्चर मोटरसाइकल पनि आउने क्रम बढेको छ । तर, नयाँ सरकारले मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्क वृद्धि गरेपछि २५० सीसीसम्मका मोटरसाइकलको मूल्य नै ५० हजारसम्म वृद्धि भएको हो ।

सरकारले बढाएको करले मूल्य बढेपनि उच्च करले मोटरसाइकल महंगो बन्दै गएको भएपनि मोटरसाइकलमा लामो दुरी यात्रा गर्न चाहनेहरुले यस्ता मोटरसाइकल किन्दै आएका छन् ।

हिमाली र पहाडी क्षेत्रका बाटो सुहाउँदा डबल स्पोर्टस् मोटरसाइकलमा धेरै रकम खर्च गर्न सक्नेले केटीएम, बिएमडब्लू, होन्डा सिआरएफ सिरिजका मोटरसाइकल किनेर आफ्नो आवश्यकता पुरा गरिरहेका छन् भने कम रकम खर्चमा यस्ता मोटरसाइकल किन्न चाहनेलाई हिरो, होन्डा, भिआर, रोयल इन्फिल्ड जस्ता ब्राण्डले आवश्यकता पुरा गरिरहेका छन् ।

हिरो एक्सपल्स २००

हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्कोटिङ (एनजीएम)ले नेपालमा विक्री गर्दै आएको एक्सपल्स २०० सेग्मेन्टमा नै सर्वाधिक विक्री हुने मोटरसाइकल हो ।

एक्सपल्स २०० को मूल्य बजेटअघि ४ लाख २ हजार रहेको थियो । अहिले पनि यसको मूल्य परिवर्तन भएको छैन । कम रकममा डबल स्पोर्टस् मोटरसाइकल खोज्ने ग्राहकको लागि सबैभन्दा उत्तम विकल्प हुँदै आएको एक्सपल्सको विक्री निकै राम्रो रहेको छ ।

यसमा रहेको २०० सीसीको इन्जिनले अधिकतम ८००० आरपीएममा १८.४ पीएस पावर प्रदान गर्छ भने ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्छ । दुबै चक्कामा डिस्क ब्रेक रहेको यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।

भिआर २२०

सरकारले बढाएको करसँगै सबैभन्दा धेरै मूल्य वृद्धि भएको मोटरसाइकल भिआर २२० हो । २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिन उपलब्ध रहेको मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँले वृद्धि भएको छ ।

केही फिचरमा भएको अपग्रेड र सरकारी करले मूल्य बढेको कम्पनीले जनाएको छ । यसअघि ५ लाख ६५ हजारमा विक्री हुँदै आएको भिआर २२० को नयाँ मूल्य ६ लाख १५ हजार रहेको छ ।

भीआर २२० एचमा १२ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने, बाइकलाई आरामदायी बनाउन कम्पनीले अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ ।

टेकन २५०

टेकन मोटरको नेपालको लागी आधिकारीक विक्रेता एसएलआर टेक्नो प्रालिले टेकन बाइकको विक्री गर्दै आएको छ । टेकन २५० मा २२३ सीसी सिगंल सिलिन्डर ४ स्टोक एयर कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले २२ बीएच पावर र २० एनएम टर्क जेनेरेट गर्छ ।

१४ लिटरको फ्यूल ट्याङ्क क्षमता रहेको यो मोटरसाइकलको मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ । बजेटपछि यसको मूल्य करिब १० हजार रुपैयाँले वृद्धि भएको हो ।

होन्डा एक्सआर १५० एल

होन्डाको सर्वाधिक विक्री हुने एक्सआर १५० एल सबै किसिमको बाटोको लागि उपयुक्त मानिन्छ । स्याकार ट्रेडिङले बिग बाइक सेग्मेन्टमा राखेर विक्री गर्दै आएको यो मोटरसाइकलमा १५० सीसी क्षमताको इन्जिन रहेको छ । हिरो एक्सपल्सपछि सर्वाधिक सफल यो मोडलको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले यसको मूल्यमा कुनै परिवर्तन गरेको छैन ।

यसमा रहेको इन्जिनले अधिकतम ७७५० आरपीएममा १२.१४ एचपी पावर र ६००० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्छ । यसमा १२ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ भने अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।


Back_to_top