फोर्डले आफ्नो ४३ वर्ष पुरानो पीकअपलाई ल्यायो इलेक्ट्रीकमा

काठमाडौं । फोर्डले सन् १९७८ मा बजारमा ल्याएको पीकअप एफ-१०० लाई इलेक्ट्रीक बनाउने भएको छ । कम्पनीले आफ्नो सफल मोडललाई लस एन्जेलसमा भइरहेको मोटर शोमा एफ-१०० को कन्सेप्ट सार्वजनिक गरेर विश्वलाई तयार रहन सन्देश दिएको हो ।

फोर्डले यसको नाम एफ-१०० इलुमेनेटर राखेको छ । कम्पनीले यसमा दुई मोटरको प्रयोग गर्नेछ भने फोर ह्वील ड्राइभ सिस्टम दिनेछ । यो पीकअपले ४८६ हर्स पावर र ८६० एनएम टर्क प्रदान गर्नेछ ।

रेट्रो डिजाइनमा देखाइएको एफ-१०० इलुमेनेटरमा थ्रि पिसको आल्मुनियम ह्वील, यूनिक कलर, आल्मुनियम ड्यासबोर्ड, प्रिमियम लेदर सिट दिएको छ । फोर्डले इलेक्ट्रीक सवारी साधनप्रतिको प्रतिवद्धता अनुसार नयाँ पीकअप कन्सेप्ट आएको बताएको छ ।


Back_to_top