यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, ३७ थान मोबाइल जफत

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ।

ट्रायल फेल भएकाहरूलाई पैसा लिई पास गराउने गरेको सूचनाको आधारमा अख्तियारको टोलीले मंगलबार कार्यालयमा छापा मारेको हो ।

अख्तियारले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारी, ३ जना ट्राफिक प्रहरी र ट्रायल सेन्टरका ७ जनाको ३७ थान मोबाइल बरामद गरेको हो ।

अख्तियार स्रोतका अनुसार कार्यालय कर्मचारीकाे  २५ वटा, ट्राफिकको ३ वटा र नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंह समेत ७ जनाको ९ वटा मोबाइल नियन्त्रणमा लिइएको हो ।

त्यस्तै, लिखित परीक्षा दिई फेल भएको मितिले ३ महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीको उत्तरपुस्तिका लगायतका कागजातहरू पनि नियन्त्रणमा लिएको छ।


Back_to_top