काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गर्ने सी ३ यस अघि सब फोर मिटर एसयूभी हुने बताइएपनि यो ह्याचव्याक हुने रिपोर्टहरु सार्वजनिक भएका छन् ।
क्रसओभर ह्याचव्याक डिजाइनमा आउने नयाँ कार अबको ३ महिना भित्रै विक्री सुरु हुने अनुमान गरिएको छ । भारतमा विक्री सुरु भएको केही दिनपछि नै नेपालको लागि आधिकारीक वितरक साँग्रिला मोटर्सले यसलाई नेपाल ल्याउने अनुमान गरिएको छ ।
कम्पनीले तीन महिना अघि ग्लोवल प्रिमियर गरेको सी ३ मा दिइएको रुफरेल, सिल्भर कलरको स्कीड प्लेट, कालो कलरमा बडी क्लाडिङ, भर्टिकल्ली स्प्लीट हेडल्याम्प, स्पोर्टी बम्पर, ड्यूलटोन अलोय ह्वील, क्रोम हाइलाइट सहितको फ्रन्ट ग्रिल जस्ता फिचरले यसको एक्सटेरियरलाई निकै आकर्षक बनाएको छ ।
ड्यूल टोन कलरसहितको ड्यासबोर्ड, १० इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्सनल स्टेरिङ ह्वील, कनेक्ट कार टेक जस्ता आकर्षक फिचर यसमा उपलब्ध हुनेछ ।

सिट्रोनले सी थ्रिलाई १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा ल्याउने अनुमान गरिएको छ । यसको विषयमा कम्पनी आधिकारीक जानकरी भने गराएको छैन ।

