काठमाडौं । साँग्रिला मोटर्सले सिट्रोन ईसीथ्रीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरु भएको छ । नयाँ भेरियन्टको रुपमा आएको सीथ्री इलेक्ट्रीकमा फिचर थप भएको हो ।
यसअघि बिक्री हुँदै आएको फिल र लाइभमा नभएका नयाँ ६ फिचरहरू साइन भेरियन्टमा थपिएर आएको हो । साइन भेरियन्टमा इलेक्ट्रीकल्ली एड्जस्टेबल ओआरभीएम, रियर पार्किङ क्यामरा, १५ इन्चको डायमण्ड कट अलोय ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, रियर डिफगर र वाइपर पाउन थपिएको छ ।

कम्पनीले साइन भेरियन्टमा लेदर र्याप स्टेरिङ ह्वील समेत दिएको छ । बजेटले करका दरहरु परिवर्तन गरेपनि यसअघिको भेरियन्टको तुलनामा साइन भेरियन्ट केबल १ लाख रुपैयाँ मूल्य थप भएर आएको हो ।
फ्रेन्च कार निर्माताले भारतमा बनाएको इलेक्ट्रीक सीथ्री मा २९.२ किलोवाट आवरको ब्याट्री प्याक र ४२ किलोवाटको इलेक्ट्रीक मोटरमा आएको छ । यसलाई सिंगल चार्जमा ३२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।




