काठमाडौं । विगत केहि वर्षदेखि चुपचाप देखिएको जापनीज अटोमोवाइल ब्राण्ड दायहात्सु इलक्ट्रीक भेहिकलको साथ कमव्याकको तयारीमा जुटेको छ । टोयोटा मोटर कर्पोरेशनको सहायक ब्राण्ड दायहान्सुले यहि महिना हुन लागेको ‘जापान मोविलीटी शो’मा इलेक्ट्रीक कन्भर्टेवल क्रसओभर, अर्वान ईभी र २ वटा लाइट कमर्शियल भेहिकल देखाउने भएको हो ।

पहिलो कारको रुपमा इलेक्ट्रीक कन्भर्टेवल ‘डायहात्सु ओसानपो’ रहेको छ । कम्पनीले यसमा उच्च ग्राउण्ड क्लियरेन्स दिनुको साथै, ठूलो साइजको प्लास्टिक क्लाडिङ दिनेछ । यसको लम्बाई ३३९५ एमएम र ह्वीलवेस २४४० एमएम रहने छ । ठ्याक्कैभन्दा यो कार मिनी कारहरुभन्दा केही एमएम मात्रै लामो हुनेछन् ।
दोस्रोमा अर्वान ईभी ‘मिमो’ आउने छ । बक्सी डिजाइन तथा राउण्डेड कर्नर तथा ३ सिटे क्यावीन रहेको कम्प्याक्ट ईभीको लम्बाई २९५५ एमएम मात्र छ । यसलाई मिनी कारको रुपमा ल्याउन लागेको हो ।
लम्बाई सानो भएपनि मिमोमा थोरै मात्र ओभरह्याङ, कम्प्याक्ट ह्वील र फ्ल्याट साइड भएकाले इन्टेरियरमा धेरै स्पेश पाउन सकिन्छ ।
अर्को, दुई वटा भने दायहान्सुको लाइट कमर्शियल भेहिकल हुनेछन् । जसमा एउटा मिनीट्रक र अर्को कार्गो भ्यान हुनेछ । दुबै मोडलको लम्बाई ३३९५ एमएम रहेको छ । यसको इन्टेरियर डिजाइन ‘स्ट्रेट फरवार्ड डिजाइन’ हुनेछ ।

इलेक्ट्रीक ईभीमा ‘फ्ल्याट कार्गो एरिया’ रहने छ । साथै, यसको एक्टेरियर र इन्टेरियर रिमुभेवल समेत बनाइएको छ । त्यहि कारण धेरै थरिका कार्यमा यसको प्रयोग गर्न सकिन्छ । साथै, यो ईभीले ‘एक्टरनल पावर सप्लाई फङ्सन’को समेत काम गर्नसक्छ । त्यसको सहयोगमा नयाँ इलेकट्रीक कर्मशियल गाडीहरु मोवाइल सपको रुपमा समेत काम गर्न सकिन्छ ।

