काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘अटो एक्स्पो दशैं कार मेला’ सुरू भएको छ । ‘क्यास अन ह्वील’ले दशैं लक्षितलाई गर्दै सेकेन्ड ह्याण्ड कार प्रदर्शनी मेला आयोजना गरेको हो ।
उक्त मेलामा नयाँ तथा सेकेन्ड ह्याण्ड कारको प्रदर्शनि तथा विक्री वितरणसमेत हुने आयोजकले जनाएको छ ।
आजदेखि सुरू भएको यो मेला १४ गते शुक्रबारसम्म संचालन हुनेछ । उक्त मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने आयोजकले बताएको छ ।

यस शोमा २०० भन्दाबढी सेकेण्डह्याण्ड गाडीहरू प्रदर्शनि तथा विक्रीका लागि राखिएका छन् भने सुजुकी, फोर्सको गुर्खा, क्रसफायर लगायत ब्रान्डका नयाँ सवारीसाधनहरू समेत प्रदर्शनीमा रहेका छन् ।



