दीपल एस-०५ को मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा दीपल एस ०५ एसयूभीको मूल्य बढेको छ । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल एस ०५ को मूल्य १ लाख रुपैयाँ बढाएको हो ।

यसअघि ५६ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एस ०५ को मूल्य बढेर ५७ लाख ९९ हजार  रुपैयाँ पुगेको हो ।

फ्युचरिष्टिक डिजाइन, अत्याधुनिक फिचरले भरिपूर्ण एस-०५ मूल्य कारण पनि चर्चित छ ।

दीपल को एस-०५ मा ५६.१ किलोवाट अवारको एलएफपी ब्याट्रीप्याक रहेको छ । यो ब्याट्रीले एकपटकको फुलचार्जमा ५१० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले दाबी गरेको छ ।

यसमा सीएटीएलले बनाएको आधुनिक प्रविधिको गोल्डेन सिल्ड २.० ब्याट्री छ । यो ब्याट्री अझ बढि सुरक्षित र ५ हजार चार्जिङ साइकल भएको कम्पनीको दाबी छ ।  थ्रीसी फास्ट चार्जिङ सपोर्ट गर्ने यो ब्याट्रीलाई मात्र १५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

यो ईभीमा १७५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसले २३५ हर्सपावर तथा ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । दीपल एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसको ह्वील बेस २८८० एमएम छ ।

दीपल एस- ०५ मा क्लोज फ्रन्ट ग्रिल र तीनवटा सेग्मेन्ट भएको लोअर इनटेक छ । इलेक्ट्रीक ट्रङक, इलुमिनेटेड रिङ लाइट, पिक्सलेटेड हेडलाइट तथा हिडन फ्लस डोर ह्याण्डल यसमा प्रयोग भएको छ ।

यसमा सेग्मेन्टमै पहिलो अग्मुन्टेड रियालिटी हेडअप एचडी डिस्प्ले र रिमोट पार्किङ इन एण्ड आउट फिचर रहेको छ । दीपलले सेन्टर कन्सोलमा १३ लिटरको टेम्प्रेचर इन्सुलेटेड स्टोरेज कन्टेनर दिएको छ । यसका साथै क्याबिनमा ३५ वटा स्टोरेज स्पेश उपलब्ध छ ।


Back_to_top