फोटो र भिडियो उत्कृष्ट निकाल्ने एसयूभी नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं । ‘फोर के क्यामरा’ जडान भएको कार नेपाल आउने भएको छ । चांगानको आधिकारीक बिक्रेता एमएडब्लू अटोकर्पले दीपल एस-०५ मोडल इन्टेलिजेन्ट गिम्बलसहित नेपाल ल्याउने भएको हो ।

फिचरको लामो लिष्ट रहने दीपल एस-०५ मोडलमा फोर के क्यामेरा भएको कारण उत्कृष्ट फोटो र भिडियो निकाल्ने कम्पनीको दावी छ । यसमा ६४ जीबी मेमोरी रहेको कारण २१ हजार फोटो अथवा १२ घन्टा लामो भिडियो रेकर्ड गर्न सकिनेछ ।

दीपल एस-०५ निकै मोर्डन फिचरले भरिपूर्ण कार हो । यसमा हुवावेको एक्सपीक्सल इनेवल इन्टेलिजेन्ट हेडलाइट दिइएको छ । यसले १२० इन्चको प्रोजेक्सन इफेक्ट दिनेछ । मनोरन्जनको लागि १४ वटा स्पीकर र पानारोमिक सनरुफ उपलब्ध छ ।

दीपलले आफ्नो नयाँ एसयूभीमा १५.४ इन्चको स्कृन ड्यासबोर्डको बीचमा दिएको छ । डी आकारमा तयार भएको स्टेरिङ ह्वील, हेडअप डिस्प्ले, प्रिमियम सिट, ठूलो स्पेश उपलब्ध कारमा ५६.१२ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिएको छ । यसमा मोटर भने १७५ किलोवाट क्षमताको रहेको छ । नेपाली बजारमा कुन मोटर साइजमा यो एसयूभी आउँछ अहिल्यै एकिन भन्न सकिने अवस्था छैन ।

सन् २०२५ को पहिलो क्वाटर भित्रै नेपाल आउने एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम रहेको छ । चीनमा यसले निकै राम्रो सफलता पाउन थालेको छ । अक्टोबर २० तारिखबाट बिक्री सुरु भएको एस-०५ को बुकिङ २१ हजार ७३० यूनिट रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा अहिले बिक्री हुँदै आएको एस-०७ भन्दा कम मूल्यमा आउने एसयूभीलाई उपभोक्ताले ६० लाख रुपैयाँ भित्रै खरिद गर्न सक्ने अनुमान छ ।


Back_to_top