काठमाडौं । सुजुकीले आफ्नो सर्वाधिक सफल मोडल अल्टोलाई ‘न्यू इनर्जी भेहिकल’को रुपमा ल्याउने चर्चा सुरु भएको छ । प्रकाशित विभिन्न रिपोर्टहरुको दावी अनुसार ‘हाइब्रिड टेक्नोलोजी’मा नयाँ अल्टो आउने भएको हो ।
सन् २०२६ बाट बजारमा उपलब्ध हुने नयाँ अल्टो ‘१२ भोल्ट माइल्ड हाइब्रिड र ४८ भोल्ड हाइब्रिड टेक्नोलोजी’को साथ बजारमा आउने छ । यसलाई कम्पनीले ‘१० जेनेरेशन अल्टो’ भनेको छ ।
जापान, भारत लगायतका विश्वका दर्जनौ देशमा बिक्री हुँदै आएको अल्टो माइल्ड हाइब्रिडमा २ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ । साथै ४८ भोल्ट हाइब्रिडमा १० किलोवाटको इलेक्ट्रीक मोटर रहनेछ । यसमा रहेको ‘नेचुरल्ली एस्पीरेटेड इन्जिन’ले भने ४९ पीएस पावर प्रदान गर्छ ।
अल्टो अहिले पनि धेरै माइलेज दिने कारको रुपमा परिचित छ । नेपाली सडकमा नै प्रति लिटर १७ देखि २० किलोमिटर माइलेज अहिलेकै अल्टोले दिने चालकहरु दावी गर्छन् । नयाँ अल्टोको माइलेज ३० किलोमिटर पुग्ने रिपोर्टहरुले दावी गरेका छन् ।
सन् २०२६ मा आउने १० औं जेनेरेशन अल्टोलाई कम्पनीले १०० केजी कम तौल र विल्कुलै नयाँ डिजाइनबाट प्रेरित रहेर ल्याउन लागेको हो । तौल घटेसँगै यसको माइलेजमा थप सुधार हुनेछ । साथमा उपलब्ध हाइब्रिड टेक्नोलोजीले प्रदुषण क मगर्न पनि सहयोग पुग्नेछ ।
नेपाली सडकमा पनि ट्याक्सीको रुपमा बाक्लो उपस्थिति रहेको अल्टो विश्व बजारमा ४५ वर्षदेखि निरन्तर उपलब्ध हुँदै आएको छ ।


