टेक्नोलोजीमा ब्यापक परिवर्तन भएर आयो ‘दिपल एस-०७’

काठमाडौं । दिपल एस-०७ को फेसलिफ्ट मोडल सार्वजनिक भएको छ । कम्पनीले एस-०७ मा हुवावेको नयाँ चिङकेन एडास फिचर ‘३.० ड्राइभर असिस्ट सिस्टम’ दिएर ल्याएको हो ।

दिपलले आगामी वर्षसम्म विश्वका ७० भन्दा बढी देशमा आफ्नो नेटवर्क विस्तार गर्ने योजना बनाएर काम गर्दै आएको छ । नेपालमा पनि विगत ५ महिनादेखि दिपल ब्राण्डका उत्पादन बिक्री हुँदै आएको छ ।

नयाँ फेसलिफ्ट मोडलको बाहिरी डिजाइन अहिले बजारमा बिक्री हुँदै आएको एस-०७ सँग मिल्दोजुल्दो छ । यसमा इन्टेलीजेन्ट लाइटको प्रयोग भएको कम्पनीको दावी छ । जहाँ ६९६ एलइडी लाइटको प्रयोग भएको छ ।

कम्पनीले यी लाइटको सहयोगमा पैदल यात्रुलाई सिग्नल दिने, ड्राइभिङ स्टाटस रिमाइण्डर प्रदान गर्ने लगायत चालकले लाइटको ल्याङ्वेज समेत आफैँ कस्टुमाइज गर्न सक्नेछन् । गाडीको साइज परिवर्तन भएको छैन ।

बाहिरी डिजाइनमा जस्तै यसको भित्री डिजाइनमा पनि एकदमै कम परिवर्तन भएको देखिन्छ । नयाँ एस-०७ मा पनि पूरानै टु स्पोक मल्टिफङ्सनल स्टेरिङ ह्वील र १५.६ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट स्कृन रहेको छ । यो स्कृन १५ डिग्रीले दायाँ वा वायाँ रोटेट हुन्छ ।

दिपलले नयाँ एस-०७ मा छुट्टै इन्ट्रुमेन्ट प्यानल दिएको छैन । तर, यसमा ५५ इन्च डिस्प्ले एरिया भएको अग्मेन्टेड रियालीटी सहितको हेडअप डिस्प्ले भने छ । चिनियाँ मिडियाहरुका अनुसार दिपल एस-०७ मा १२.३ इन्चको प्यासेन्जर साइड स्कृन दिइएको छ ।

कारको सिस्टममा १६ जिवी र्याम र १२८ जीबी स्टोरेज सहितको क्वालकमको स्न्यापड्रागन ८१५५ चीप छ । दिपलले यसमा हुवावेको हामोर्नी ओएस हटाएर आफ्नै अपरेटिङ सिस्टम प्रयोग गरेको छ । दिपलको अपरेटिङ सिस्टममा दिपल जीपीटी लार्ज मोडल भोइस सिस्टम रहेको छ । जसले ह्युमन मेसिनको कम्यूनीकेसनलाई सुधार गर्नेछ ।

कम्पनीले यसमा १२० डिग्रीमा ढाल्न सकिने सिट दिएको छ । म्युजीकका लागि १४ वटा स्पीकर र चालकको लागि हेडरेस्ट मै थप स्पीकर दिएको छ । छतमा १.९ मिटर स्क्वायरको प्यानारोमिक स्काई रुफ पनि पाउन सकिन्छ ।

सबैभन्दा ठूलो परिमार्जन भएको हुवावेको चिङकेन एडास ३.० एसई ड्राइभर असिस्ट सिस्टमले हाइस्पीड ड्राइभिङ असिस्सटेन्स र इन्टेलीजेन्ट पार्किङलाई समेत सघाउनेछ ।


Back_to_top