काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने कारको बजार चलायमान बनाउनु पर्ने सुझावलाई केन्द्रमा राखेर नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकलाई ७ बुँदे सुझाव पेश गरेको छ ।
सुझाव पेस गरेपछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जारी गरेको विज्ञप्तीमा अहिले अटोमोवाइल क्षेत्रमैत्री मौद्रिक नीतिको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
नाडा अध्यक्ष करण चौधरीले विद्युतीय सवारी साधनहरुमा लिइएको नीतिगत स्तरमा भएको लचकता सराहनीय भएको उल्लेख गरेका छन् । साथै, अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्ने भन्दै उनले भनेका छन्, ‘पेट्रोलियम पदार्थबाट चल्ने साधन, पार्ट्स, लुब्रिकेन्ट्स र टायर जस्ता क्षेत्रपनि हेर्नुपर्छ ।’
आगामी मौद्रिक नीतिले यसमा सुधार ल्याएन भने स्थिति अझै भयावाह हुने र व्यवसायीहरु पलायन हुनु बाहेक केहि विकल्प रहने दावी गरिएको छ । यसलाई सुधार गर्न नाडाले लिएको सुझाव यस प्रकार छन् ।
१. पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट Hire Purchase लोन प्रबाह गर्ने पक्रियामा Loan to Value Ratio लाई ५०% बाट बढाएर ७५% मा पुर्याउनु पर्ने ।
२. पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने
३. चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउदै पनि आएको छ । तर पनि यसले अझै पनि व्यवसायीहरुलाई समस्यामा पारेको छ । यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने ।
४. कालो सुचिमा परेका व्यक्तीहरुले पनि अन्य बैकहरुबाट आफनो कारोवार गरिरहेको देखिएकोले कालो सुचिमा परेका व्यक्ती वा कम्पनीमाथीको कारवाही ज्यादै फितलो हुने गरेकोे देखिएकाले नेपाल राष्ट्र बैङ्कले यस नियमलाई कडाइकासाथ लागु गर्नु पने ।
५. नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने । त्यसैगरी कुनै पनि क्षेत्रमा NPA ५ प्रतिशत भएमा बैंकले त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायीक महत्वका माइक्रोबस र निजी प्रयोजनका कार एउटै क्षेत्र अन्तरगत पर्ने हुदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने निजी कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने ।
६. घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन एकाघरको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । अर्थात घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात ( Debt Service to Gross Income Ratio ) लाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनु पर्ने ।
७. नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायीक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्नेछ ।