डिजेल एसयूभी ब्रेजा, इकोस्पोर्ट र नेक्सनमा कुन राम्रो, यस्तो छ फरक

काठमाडौं । नेपाली बजारमा पछिल्लो दिन कम्प्याक्ट एसयूभीको बीचमा तिब्र प्रतिस्पर्धा भइरहेको छ । २०१४ बाट नेपाली बजारमा कम्प्याक्ट एसयूभीले चर्चा पाउन सुरु भएको हो ।

त्यसअघि बजारमा थुप्रै क्रसओभर गाडीहरू आएका थिए । तर, जब कम्प्याक्ट एसयूभी बजारमा आए, तब ती क्रसओभरको बिक्री निकै घटेको छ । नेपालमा एसयूभी बजारको सबैभन्दा ठूलो प्लेयर अहिले हुन्डाईको क्रेटा हो । १६०० सीसी इञ्जिन क्षमताको क्रेटा बजारमा उपलब्ध अन्य एसयूभीभन्दा मूल्य, पावर र फिचरका हिसाबले उत्कृष्ट रहेको छ । 

स्पेसिफिकेसन

फोर्ड इकोस्पोर्ट

टाटा नेक्सन

भिटार ब्रेजा

डिजेल इन्जिन

१.५ लि४ सिलिन्डर

१.५ लि४ सिलिन्डर

१.३ लि४ सिलिन्डर

पावर

९९ पिएस

११० पिएस

९० पिएस

टर्क

२०५ एनएम

२६० एनएम

२०० एनएम

गियर

५ स्पिड 

६ स्पिड 

५ स्पिड 

क्रेटाको डिजेल भेरिएन्ट १.४ लिटर सेग्मेन्टमा भए पनि नेपाली बजारमा अहिलेसम्म आएको छैन । 

डिजेल भर्सनमा मूल्य, पावर, फिचर र अन्य विविध पक्षमा फोर्डको ईकोस्पोर्ट, टाटा नेक्सन र मारुति सुजुकी भिटारा ब्रेजाको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । बाहिरी आवरणमा टाटाको नेक्सन सबैभन्दा आक्रर्षक र स्टाइलिस देखिन्छ भने इकोस्पोर्ट र भिटाराले बिक्रीमा आफ्लाई प्रमाणित गरिसकेका छन् । फोर्डको इकोस्पोर्ट नेपाली बजारमा सर्वाधिक बिक्री भएको मध्येमा पर्ने कम्प्याक्ट एसयूभी हो । सुरुमा १००० सीसी पेट्रोल इञ्जिन र १५०० सीसी डिजेल इन्जिन क्षमतामा उपलब्ध ईकोस्पोर्ट अहिले पेट्रोलमा १५०० सीसी इन्जिनमा समेत उपलब्ध रहेको छ । 

मारुती सुजुकी भिटार ब्रेजा डिजेल इञ्जिनमा मात्र उपलब्ध रहेको छ । यो कार डिजेल कार प्रेमीको लागि उत्कृष्ट अप्सन भइरहेको छ । कम्पनीले २०१९ को अन्त्यसम्ममा पेट्रोल इञ्जिनमा समेत ल्याउने बताएको छ । 

डायमेन्सन

फोर्ड इकोस्पोर्ट

टाटा नेक्सन

भिटार ब्रेजा

लम्बाई

३९९९ एमएम

३९९४ एमएम

३९९५ एमएम

चौडाई

१७६५ एमएम

१८११ एमएम

१७९० एमएम

उचाई

१७०८ एमएम

१६०७ एमएम

१६४० एमएम

ह्वीलवेस

२५२० एमएम

२४९८ एमएम

२५०० एमएम

ग्राउन्ड क्लियरेन्स

२०० एमएम

२०९ एमएम

१९८ एमएम

बुट स्पेश

३४६ लिटर

३५० लिटर

३२८ लिटर

नेपाली बजारमा ईकोस्पोर्टको इतिहास करिब ४ वर्षको रहेको छ भने, ब्रेजा नेपाल आएको करिब २ वर्ष भएको छ । करिब ४ महिनाको इतिहास भएको नेक्सनले नेपाली बजारमा दुबै कारलाई कडा टक्कर दिइरहेको छ । 

ईकोस्पोर्ट

फोर्डको ईकोस्पोर्ट भारतीय बजारमा फोर्डको धेरै बिक्री हुने सवारीमध्येमा पर्छ । ईकोस्पोर्ट भारतमा सार्वजनिक भएको पहिलो सव–फोर मिटर एसयूभी हो । यो गाडी १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।

नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जीओ फोर्डले ५ भेरीएन्टमा ईकोस्पोर्टको डिजेल भसर्न उपलब्ध गराएको छ । फोर्ड इकोस्पोर्ट डिजेल भर्सनको मूल्य  ४२ लाख ९० हजारदेखि ५६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । 

मारुती सुजुकी भिटारा ब्रेजा

भारतको कम्प्याक्ट एसयूभी बजारमा मारुतीले के ल्याउँछ भन्ने उत्तर भिटारा ब्रेजाले दियो । यो गाडी मारुतीको पुरानो ग्रान्ड भिटाराजस्तै देखिन्छ । यो कार २०१६ को अटो एक्स्पोमा सार्वजनिक भएको हो । 

यो कारमा १.३ लिटर डिजेल इञ्जिन, ८९ बीएचपीको पावर र २०० एनएम टर्क, ५ स्पीड म्यानूअल गेयरबक्स रहेको छ । ब्रेजाले प्रतिलिटर २४.३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

यो गाडी नेपाली बजारमा तिन भसर्नमा उपलब्ध छ ।  मारुती सुजुकी भिटारा ब्रेजाको मूल्य ३७ लाख ९९ हजारदेखि ४२ लाख ७९ हजार रुपैयाँसम्म रहेको छ । मारुती सुजुकी नेपाली बजारमा अरूण इन्टरकन्टीनेन्टलले भित्र्याउँदै आएको छ ।

टाटा नेक्सन

नेपाली बजारमा टाटाको नेक्सन कार गेमजेञ्जर भएर आएको छ । सिप्रदी ट्रेडिङले २०१८ को सुरुवातसँगै नेपाली बजारमा ल्याएको नेक्सनले आफ्नो सेगेमन्टमा राम्रो उपस्थिती जनाउन सफल भएको छ । 

यो कार नेपाली बजारमा ३ मोडलमा डिजेल भसर्न उपलब्ध रहेको छ । टाटा नेक्सन डिजेल भर्सनको मूल्य ३९ लाख ९५ हजारदेखि ४६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ । साथै, कलभेरिएन्टमा भर्मोन्ट रेड, मोरोक्कान ब्लू, सिटल सिल्भर, ग्लासगो ग्रे र कलरगरी ह्वाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 


Back_to_top