काठमाडौं । चाडपर्वको आगमनसँगै केही वर्ष अघिसम्म नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गर्ने नाडा अटो शो सबैको साझा प्लेटफर्म हुने गथ्र्यो ।
अहिले समय फेरियो, विगत तीन वर्षपछि कोभिड १९ को संक्रमण कम भएसँगै अटो शोको रौनक फर्किएको छ । अहिले नाडाले कम्बस्चन गाडीको आयात प्रतिबन्ध लागेको कारण ईभी एक्स्पो २०२२ आयोजना गरेको छ । बिहिबारबाट काठमाडौंको भृकुटीमण्डमा सुरु भएको ईभी एक्स्पो ४ दिनसम्म चल्नेछ ।
नाडा बाहेक पनि अन्य संस्थाले पनि गाडी किन बेच गर्ने थलो तयार पार्ने नाममा अटो शो आयोजना गर्ने जनाएका छन् । नाडाले गर्ने जस्तो वृहत शो भने यी कम्पनीले गर्छन् वा गर्दैनन् अहिल्यै भन्न सकिने अवस्था छैन ।
सेकेण्ड ह्याण्ड गाडीहरुको कारोवार गर्दै आएको क्यास अन ह्वीलले पनि अटो एक्स्पो जस्तै झल्को दिने ‘दशैं कार मेला’ आगामी असोज १२ गतेबाट ३ दिनसम्म भृकुटीमण्डपमै आयोजना गर्ने भएको छ । यो शोमासमेत नयाँ र पूराना सबै खाले सवारीसाधन प्रदर्शनी हुनेछन् ।

नाडाले भृकुटीमण्डपमा एक्स्पो आयोजना गरेपनि ‘हाम्रो बजार’ले पनि काठमाडौको अन्नपूर्ण होटल प्राङगणमा शुक्रबारबाट ३ दिनसम्म सेकेण्डह्याण्ड तथा नयाँ सवारीको कार्निभल आयोजना गर्ने भएको छ ।
नाडाले आयोजना गरेको अटो शोमा देश भित्रका सबै ठूला साना गाडी विक्रेताको नजर छ भने सरकारले पनि यसमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यो ईभी शोमा अहिले विद्युतीय गाडी विक्री गर्दै आएका अधिकांश ब्राण्डको सहभागिता रहेको छ ।

नाडाले ईभी शो मात्रै आयोजना गर्दा गाडी स्टकमा रहेका केही कम्पनीहरु अन्य समूहले आयोजना गर्न लागेको अटो शोमा पनि सहभागि हुँदैछन् । उनिहरु भन्छन्, ‘स्टक क्लियर गरेर बैकको ब्याजबाट मुक्त पाउन पनि हामी अन्य नामाबाट हुने अटो मेलामा बस्नु पर्ने अवस्था आयो’, एक आयातकर्ताले भने ।
सरकारले आयातमा लगाएको प्रतिवन्धका कारण पेट्रोलीयम पदार्थबाट चल्ने नयाँ सवारी साधन नेपाल भित्रीन नसके पनि धेरै कम्पनीहरुसँग अझै पनि थुप्रै गाडिहरु आफ्नो स्टकयाडमा रहेका छन् । दशैको मौकामा यस्ता गाडिहरु बिक्री गर्नका लागि विभीन्न स्कीम र अटोशोमा सहभागी हुने गरको उनले बताए ।

